लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेको अध्यक्षमा कोमलप्रसाद श्रेष्ठ मल्ल चयन भएका छन् ।
वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को २७औँ साधारणसभाले आगामी दुई वर्षका लागि मल्लको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यो परिषद्को १३औँ कार्यकारिणी समिति हो ।
समितिको वरिष्ठ सहअध्यक्षमा ध्रुव केसी, सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, रेशम अर्याल, डा सुधा श्रेष्ठ र गोकुल भण्डारी रहेका छन् । दुई जना उपाध्यक्षहरूमा वाचस्पति रेग्मी र डम्बर सिंह ‘प्रयास’ रहेका छन् । यसैगरी वीरेन्द्र कुँवर महासचिव, मनोज अन्जान वरिष्ठ कोषाध्यक्ष, डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ सहमहासचिव र एभरेष्ट गौतम सचिवमा निर्वाचित भएका छन् ।
कार्यकारिणी सदस्यहरूमा हरि केसी, कल्पना आङ्बुहाङ, सुमेर ज्ञवाली र वासुदेव सापकोट रहेका छन् । मिडिया कोअर्डिनेटरहरूमा नविन पोखरेल, नरेश खपाङ्गीमगर र शिव भण्डारी रहेका छन् । पछि पूर्ति गर्ने गरी केही कार्यकारिणी पदहरू रिक्त राखिएको परिषद्ले जनाएको छ ।
यसैगरी १५ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबिई प्रमुख सल्लाहकार र सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, महन्त श्रेष्ठ, घनबहादुर थापा मगर, डा गोपाल पौडेल, कृष्ण भट्ट, विजय थापा, डा. जनककुमारी धिताल, सोलिसिटर राजु थापा, कमल भण्डारी र बालजंग अर्याल, हिन्दमाया बैद्य रहेका छन् ।
साधारणसभाले कार्यसमितिको निर्वाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा पूर्व अध्यक्षहरू हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकार मदन थापा रहेको चार सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरूको पद शुसोभन कार्यक्रमपछि अर्को कार्यक्रम गरिने भएको छ ।
यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महासचिव वीरेन्द्र कुवँरद्वारा तयार पारिएको वार्षिक प्रगति प्रतिवेदनहरूमाथि बुँदागत छलफल गरी पारित गरेको थियो । साधारणसभाले परिषद्को सन् २०२० मा आफ्नो पच्चीसौँ स्थापना दिवसका अवसरमा स्थापित गरेको विशिष्ट रजत महोत्सव अभिनन्दन पदक पुरस्कार आगामी सन् २०४५ मा पुग्ने हीरक महोत्सवसम्म हरेक वर्ष दुई जनालाई नेपाली भाषा साहित्य, कला र पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रदान गर्दै जाने निर्णय गरेको छ ।
यस वर्षको नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन साहित्य पदक पुरस्कार नेपाली साहित्य विकास परिषद्को स्थापनाकालदेखि आवद्ध रही संस्थागत प्रकाशनमा विशेष योगदान पुर्याउनुका साथै लन्डनमा नेपाली रेडियो तथा टीभी सञ्चार सञ्चालन र स्थापनाकालदेखि दशकौँसम्म परिषद्को लालीगुँरास साहित्यिक पत्रिका र यती संस्थाको यतिपत्र प्रकाशन सम्पादन मण्डलमा रही बेलायतमा नेपाली भाषा साहित्यको समृद्धि तथा प्रसारमा प्रशंसनीय योगदान पुर्यायबापत परिषदका पूर्वकार्यकारिणी तथा प्रकाशन सम्पादन मण्डलका सदस्य तथा यति संस्थाका पूर्वमहासचिव सञ्चारकर्मी समाजसेवी विजय थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन साहित्य कला पदक पुरस्कार गीतसङ्गीतको क्षेत्रबाट नेपाली साहित्य विकास परिषदमा सक्रिय सहभागिता राख्दै आएका कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका पूर्वकार्यकारिणी पदाधिकारी वरिष्ठ कलाकार डम्बर सुब्बालाई बेलायतमा कलाकारिताको माध्यमबाट नेपाली भाषा साहित्य गीतसङ्गीतको श्रीवृद्धि र प्रसार प्रचारमा उल्लेखनीय योगदान पुर्याएवापत प्रदान गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कारहरू आगामी नेपाली नयाँ वर्षका अवसरमा परिषदद्वारा आयोजना हुने वियमित कार्यक्रममा सुशोभन गरिने भएको छ ।
साधारणसभाले परिषद्का भर्चुअल कार्यक्रमहरूमा कोलकता भारतबाट साहित्य तथा गीतसङ्गीत संयोजनमा सक्रियरूपले सहयोग र सहभागिता राख्दै आएका जानकीमाता धार्मिक संघका अध्यक्ष गुन्जदास श्रेष्ठ र सास्कृतिक सचिव कलाकार सन्तोषी कार्कीलाई परिषद्को मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरेको छ ।
साधरणसभाले १२औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रमहरूमा सक्रियरूपले लागिपर्ने कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू,परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार युकेका अध्यक्ष डम्बर सिंह प्रयास र पदाधिकारीहरू, जानकी माता धार्मिक संघ कोलकाता, भारतका अध्यक्ष तथा पदाधिकारीहरू र आर्थिक तथा भौतिक सहयोग गर्ने डा राघवप्रसाद धिताल ओबिई, डा जनककुमारी धिताल, मीनू छिब्बर, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, महन्त श्रेष्ठ, घनबहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, रेशम अर्याल,मनोज अन्जान, ज्ञानेन्द्र राउत,कोहिनूर मल्ल, सीतू खरेल, वाचस्पति रेग्मी, नविन पोख्रेल, शिव भण्डारीलगायत सबैको सहयोगका सराहना गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ ।