लन्डन । बीसीसी यूके लन्डन शाखाले भव्यताका साथ २५६९औ बुद्ध जयन्ती मनाएको छ ।
दोरजिन लामा लुङ्ग्रिङ ङिमा रिन्पोछेको प्रमुख आतिथ्यतामा गत १८ मे २०२५ मा हेज एन्ड हार्लिङ्टन कम्युनिटी क्लबमा भव्यताका साथ बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा संयोजक देव गुरुङले सुरक्षा तथा कार्यक्रमबारे जानकारी दिएपछि उद्घोषिका तथा आमा सचिव हेलिशा गुरुङले बीसीसी यूके लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ तथा प्रमुख अतिथि, विशेष अतिथिलगायतको आसनग्रहण गराएकी थिइन् । त्यसपछि आष्ठमंगल वाचनसहित् इकाईका अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, ट्रस्टी डा. कपिल रिजाल, इकाईका संस्थापक अध्यक्ष गमर्सिङ गुरुङ, काउन्सिलर विष्णु गुरुङ, इकाईका प्रमुख सल्लाहकार नारायण गुरुङ बीईएमले दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । अध्यक्ष गोपाल तामाङले स्वागत मन्तब्व्य दिएका थिए ।

कार्यक्रममा विशेष अतिथिमा पूर्वमेयर अफ हन्स्लो लन्डन बोरोका काउन्सिलर विष्णु गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, आमा संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा अध्यक्ष जगना गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, महासचिव मेजर कुमार गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ, हर्कबहादुर गुरुङ, ट्रस्टी मेजर खिम गौचन्, पूर्वआमा प्रमुख ईन्द्र गुरुङ, तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ,आमा अध्यक्ष कमलादेवी गुरुङ, लमजुङ समाजका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, आमा प्रमुख तारा गुरुङ, चारभन्ज्याङ तमु समाज यूकेका फस्ट लेडी तारा गुरुङ थिए ।

बुद्ध जयन्तीको महिमालाई प्रकाश पार्दै लुङ्ग्रिङ ङिमा रिन्पोछेले पञ्चशील, शरीर, वचन, मनले गर्ने अकुशल कर्मबारे जानकारी दिँदै दीर्घायू अनि कुनै दुर्घटना नभई सफल जीवन होस् भनी सम्पूर्ण भक्तजनहरुलाई ग्रीनताराको अभिशेक (वाङ) दिएका थिए । साथै नेपालीमा अनुवाद गुम्बाका प्रमुख लामा खेन्पो सेल्नाङ गुरु अनि बीडीई अफ गोर्खाज्का धर्मगुरु खेन्पो छेवाङ गुरुले सामूहिक रुपमा गरेका थिए । पूजासम्बन्धी सहयोग सानु लामाले गरेका थिए ।
बुद्ध जयन्ती समारोहको उल्लेखनीय सफलताको सिलसिलामा लन्डनको अक्सब्रिज क्षेत्रमा गुम्बाका लागि एउटा प्रोपर्टी प्राप्त हुने सम्भव भएकोले प्रोपर्टी कोअर्डिनेटर नारायणप्रसाद गुरुङले विस्तृत रुपमा प्रोग्रेस रिपोर्ट प्रोजेक्टरबाट जानकारी दिँदै आर्थिक सहयोगको अपिल गरे । उक्त दिनमा १ हजारभन्दा बढी पाउन्ड दान दिई ७ जना ट्रस्टी सदस्य बने । उनीहरुलाई रिन्पोछे गुरुद्वारा खादा एवं प्रशंसापत्रले सम्मान गरेका थिए । साथै धेरै सदस्यहरुले व्यक्तिगत ब्याज अनि डाइरेक्ट डेबिट दिई आर्थिक सहयोग दिएका थिए |

भोजन तथा पेयपदार्थमा दिलमाया गुरुङको नेतृत्वमा सम्पूर्ण आमा समूहले महत्वपूर्ण भूमिका खेलेका थिए । आमा उपाध्यक्ष बिनु गुरुङ, सुन्दरी तामाङलगायतले भोजन दान दाता अनि आर्थिक सहयोग दिने सदस्यहरुको नाम अप टु डेट गरेका थिए | कोषाध्यक्ष जगत गुरुङ अनि सहकोषाध्यक्ष अमर गुरुङले आर्थिक संकलनमा भूमिका निर्वाह गरेका थिए ।
कार्यसमिति र बहिनीहरुको एकता एवं जोसजाँगर देखेर धेरैले प्रशंसा गरेका थिए | साथै बहिनीहरुले स्वादिस्ट भोजन खुवाई बत्ती तयार पार्ने कुमारी बहिनीलाई सबैले बधाई दिएका थिए |

फोटो भिडियोग्राफर एसके गुरुङ र उनको टिम, फोटो पत्रकार मिलन तमु, डिजेमा सुशील गुरुङ, प्रोजेक्टरमा साथ दिने देव गुरुङका छोरा भान्जाले आफ्नो जिम्मेवारी स्मुथ्ली सन्चालन गरेका थिए |
पूजाको अन्तमा सबै जना रिन्पोछे एवं खेन्पो गुरुहरुको आशीर्वाद ग्रहण गरी छिट्टै नै बीसीसी यूके लण्डन ब्रान्चको गुम्बा घर खरिद गरी सन्चालन होस् भनी भगवान् बुद्धसँग प्रार्थना गर्दै बुद्ध जयन्ती समारोह समापन गरिएको थियो |
- नारायणप्रसाद गुरुङ बीईएमबाट





