लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यही १२ मे मा हुने २५६९औं बुद्ध जयन्ती कार्यक्रमका लागि खेनरिम्पोचे शिरलामा गुरूङ बेलायत आइपुगेका छन् ।
सोमबार हिथ्रो विमानस्थलमा ओर्लिएका खेम्पो शिरलामालाई डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका पदाधिकारी तथा शुभचिन्तकहरुले स्वागत गरेका छन् । स्वागतका लागि तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङका इन्स्पेक्टर खेमबहादुर गुरुङ, डायमन्ड बुद्धिस्ट सेन्टर यूके प्लमस्टिडका अध्यक्ष चन्द्र गुरुङ, केन्ट गुम्बाका अध्यक्ष, ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङ, तमधीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष कमल गुरुङ,प्लमस्टिड र केन्टका आमाहरु विमानस्थल पुगेका थिए ।
बौद्ध अनुयायीहरूकॊ लागि पूण्य सन्चय, संसारका सम्पूर्ण प्राणीहरूकॊ हित र यस महान् दिनलाई सफलतापूर्वक पूजा गरेर सम्पन्न गर्नका लागि संस्थाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरूङ नेपालबाट बेलायत आएका हुन् ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूके प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान् बुद्धकॊ जयन्ती यस साल विलविच लन्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा विविध कार्यक्रमसहित १२ मेमा मनाउँदैछ । त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिने आयोजकले जनाएको छ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनकॊ श्रीमती मिना गुरूङले प्रायॊजन गरेका छन् । उनकॊ करकमलबाट यस सालकॊ बुद्ध जयन्ती भव्यताकॊ साथमा सम्पन्न गर्न तयारी भइरहेकॊ पनि आयोजकले जनाएको छ ।
कार्यक्रमकॊ संयॊजक संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सह-संयॊजकद्वय क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र उपाध्यक्ष सुशील प्रजापति रहेका छन् । यसपाली बुद्ध फाउन्डेसन यूके पनि यस कार्यक्रममा सहभागिता जनाउँदै छ ।
विगत ११ वर्षदेखि लन्डन जस्तॊ विश्वकै आईकॊनिक शहरमा शान्ति पदयात्रा गरेर विश्वसामु नेपाल र भगवान् बुद्धलाई चिनाउने प्रयास यस शान्ति पदयात्राले गर्दै आइरहेकॊ आयोजकको भनाइ छ ।


