लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग यूकेको सभापतिमा प्रधुम्नराज (पवन) शर्मा चयन भएका छन् ।
२८ अप्रिल २०२५ मा द जंगल क्लब लेष्टरमा सम्पन्न विभागको प्रथम महाधिवेशनले शर्माको नेतृत्वमा आगामी दुई वर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा कोलेश्वर ढकाल, महामन्त्रीमा कृष्ण लुइँटेल, सहमहामन्त्रीमा रमेश बेल्बासे र कोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध चयन गरेको छ ।
सदस्यहरुमा हरिहर भट्टराई, आदर्श श्रेष्ठ, धन गुरुङ, दिनेश खरेल, खीमलाल गौतम, मन्जु डुम्रे, पार्वती कँडेल, राजु सापकोटा, रामप्रसाद सुवेदी, ऋषी कडरिया, सौरव ओझा, शिवराज आचार्य, शुभाष चौलागाई, तुल कार्की र गोमा पौडेल निर्वाचित भए । नवनिर्वाचित समितिलाई पार्टीका केन्द्रीय उपसभापति तथा कार्यक्रमका प्रमुख अतिथि सांसद डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ गराएका थिए ।
नयाँ कार्यसमिति चयन गर्न डा. मिलन ज्ञवालीको संयोजकत्वमा डा. प्रकाश पाण्डे र पंकज अर्याल सम्मिलित निर्वाचन समिति बनाइएको थियो । यसअघि प्रवास सम्पर्क विभागका प्रवक्ता विष्णु चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त अधिवेशन सञ्चालन संस्थाका महामन्त्री राजु कँडेलले गरेका थिए ।
रास्वपा यूके प्रमुख पवन शर्माको अध्यक्षतामा भएको महाधिवेशनउद्घाटन पार्टीका उपसभापति वाग्ले र अध्यक्ष शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए ।