लन्डन । रावा दुबे सेरोफेरो समाज यूकेको २०औँ वार्षिकोत्सव सम्पन्न सम्पन्न भएको छ । शनिबार २६ अप्रिलका दिन ब्राकनेल शहरस्थित गार्थ हिल कलेजमा कार्यक्रम भएको हो ।
कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो । पहिलो भागमा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै संस्थाका सचिव लाभेस गुरुङले कार्यक्रम अघि बढाएका थिए । अध्यक्ष रि. मेजर राजेन गुरुङ र रि. लेप्टेन रत्न गुरुङले बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
त्यसपछि नेपाली र बेलायती राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । स्वागत गन्तव्य राजेन गुरुङले राखेका थिए । सो अवसरमा ज्येष्ठ नागरिक स्वागत पनि गरिएको थियो ।

दोस्रो भागको सुरुमा संस्थाको स्थापना भएको २० वर्ष पुगेको अवसरमा प्रकाशित रावा दुबे सेरोफेरो ‘नालीबेली’ पत्रिका लोकार्पण गरिएको थियो । उक्त पत्रिका सम्पादन मण्डलीका मिडिया संयोजक विजय कुमार गुरुङले सञ्चालन गरेका थिए।
सम्पादन मन्डलीका प्रमुख निर्देशक रि. लेप्टेन यादप गुरुङसहित सम्पादन मन्डलीहरू यूके, नेपाल र युथ नानीहरू सबैको नाम वाचन गरिएको थियो । सम्पादन मण्डली, अतिथि र ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो ।
लोकार्पणपछि वार्षिकोत्सवको केक काटिएको थियो । त्यसपछि समाजलाई विशेष योगदान दिने व्यक्ति, नव विवाहित जोडी तथा नयाँ सदस्यहरूलाई सम्मान गरिएको थियो ।
कलाकार विमला गुरुङको सांगीतिक प्रस्तुतिले सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । उनको गीतमा सहभागीहरू रमाइलो गर्दै नाचेका थिए ।

अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए र खाना खाएपछि बेलुका आठ बजेतिर सबै जना छुटेका थिए ।