लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल सर्वसम्मत चयन भएका छन् ।
अल्डरसटको एम्पायर ब्यांकेटिङमा शनिबार २६ अप्रिलमा सम्पन्न संस्थाको ११औं अधिवेशनले पौडेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल यसअघि उपाध्यक्ष थिए ।
कार्यसमितिको पाँच जना उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, श्रीमति सुप्रिया गुरुङ र नारायण गिरी तथा महासचिवमा बाबुराम भुसाल र उपमहासचिव निर्मला गुरुङ चुनिए भने कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य चयन भएका छन् ।
सदस्यहरुमा बलबहादुर थापा, पार्वती थापा, रक गुरुङ, जमुना थापा, जुना दर्लामी, चन्दन गुरुङ, रामचन्द्र तिवारी, स्वस्तानी गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङ, धनबहादुर हितान, पम्फा थापा र सोनिया गुरुङ निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराएका थिए । सोसाइटीका संस्थापक अध्यक्ष रहेका एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, निर्वाचन समितिका सदस्यहरु पूर्वअध्यक्षहरु पुरन गिरी, दधि आचार्य र नेत्र आलेले खादासहित नयाँ कमिटीलाई बधाइ दिएका थिए ।
यसअघि निवर्तमान समितिकी अध्यक्ष अप्सरा गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि संस्थापक अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजीले संस्था जन्माउँदा सानो स्केलबाट शुरु भएको र आफ्नो जिल्लावासीलाई कसरी एकै ठाउँमा ल्याउने भन्ने सोचले संस्था जन्मिएको बताए ।
पूर्वअध्यक्ष दधि आचार्यले अप्सरा गुरुङको कार्यकाल स्वर्णिम भएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई बधाइ दिएका थिए । अर्का पूर्वअध्यक्ष नेत्र आलेले अप्सरा गुरुङको कार्यकालमा धेरै राम्रो काम भएको भन्दै धन्यवाद र नयाँ टिमप्रति बधाइ ज्ञापन गरे ।
मन्तव्यका क्रममा सल्लाहकार ज्ञाम गुरुङले संस्थाको सुरुवातका दिन स्मरण गरे । तत्कालीन कार्यसमितिले फ्रिम्लीग्रीनमा लुकेर कार्यक्रम गर्दै यसलाई निरन्तरता दिएको भन्दै अहिले यो बृहत् भइसकेको बताए ।