लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४औँ स्थापना दिवस भव्य बनाउन विभिन्न पाँचवटा समिति गठन भएको छ ।
आइतबार अल्डरसटमा प्रत्यक्ष र जुममार्फत सम्पन्न कार्यसमिति बैठकले विभिन्न समिति गठन गर्दै कार्य विभाजन गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारीको प्रत्यक्ष उपस्थितिमा आउँदो १३ जुलाईमा अल्डरसटस्थित सुशी मोटो रेस्टुरेन्टको हलमा कार्यक्रम गरिनेछ ।
शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा भएको बैठकले एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति संयोजकमा बीबीसी नेपाली सेवा र कान्तिपुर टिभीमा लामो समय कार्यरत वरिष्ठ पत्रकार सुमन खरेल एवं सदस्यहरू शाखाकी वर्तमान अध्यक्ष विमला सेने, पूर्व अध्यक्ष एवं सल्लाहकारहरू नरेश खपांगीमगर, ध्रुवराज अर्याल र नवीन पोखरेललाई जिम्मा दिने निर्णय गरेको छ ।
स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष प्रमीला लाबुङ राई र सदस्यहरूमा गोमा राना, मन्जु भण्डारी खरेल, नरेन्द्र नेम्वाङ एवं अमित थेबे, व्यवस्थापन तथा हल सजावट समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, सदस्यहरू गोमा राना, सुरेन्द्र ईङ्नाम, वाचस्पति रेग्मी, बम थापा सूर्यवंशी, प्रचारप्रसार समिति संयोजकमा महासचिव खेमराज रानाभाट, सदस्यहरूमा शिव भण्डारी, विश्वासदीप तिगेला, मिलन तमु र वाचस्पति रेग्मी छन् ।
त्यसैगरी, आर्थिक समिति संयोजकमा कोषाध्यक्ष एसके गुरुङ, सदस्यहरूमा प्रमीला लाबुङ राई, वाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ र विश्वासदीप तिगेला छन् । बैठकले आगामी २२ जुनमा सञ्चारमा डिजिटल युग र सामाजिक सञ्जालको बढ्दो प्रभावबारे नेपालबाट विज्ञ सम्मिलित एक भर्चुअल तालिम गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नयाँ वर्ष २०८२ शुभकामना र गत वर्ष १४ जुलाईमा निर्वाचित छैटौँ कार्यसमितिको ९ महिने कार्यकालबारे समीक्षा भएको थियो । शाखाले केही उतारचढाव सामना गरे पनि आफ्नो सक्रियता कायमै राखेको र हरेक महिनाको पहिलो आइतबार समसामयिक विषयमा भइरहेको अन्तरक्रिया प्रभावकारी बनेको मूल्यांकन गरेको छ ।
अध्यक्ष विमला सेनेले स्थापना दिवस सफल बनाउन सम्पूर्ण कार्यसमितिलाई आग्रह गर्दै नेपालबाट केन्द्रीय पदाधिकारी निमन्त्रणा, उनीहरूको बेलायत भ्रमण आदि सम्बन्धमा राय सुझाव लिएकी थिइन् ।
सो अवसरमा बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष आश गुरुङलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।