लन्डन । उमेश राई र सलिना लिम्बु दम्पतीले बेलायतको अल्डरसटमा सुविधायुक्त 'मुना हेयर एन्ड ब्युटी युनिसेक्स सलोन' सञ्चालन गरिरहेका छन् । सलिना करिब १३ वर्षदेखि र उमेश ९ वर्षदेखि यस क्षेत्रमा आबद्ध हुन् ।
पहिले मुना फेसन होममार्फत सेवा दिइरहेको यी दम्पतीले अहिले ठूलो ठाउँ लिएर सुविधा थपेका हुन् । अहिले फेसियल मुना हाउस, महिला र पुरुषको छुट्टाछुट्टै कपाल काट्ने ठाउँ,आइब्रो, टाउको र शरीर मसाजको सुविधा रहेको प्रोपाइटर उमेशले जानकारी गराए । उनले आफूहरुले हेयर वास,हेड र बडी मसाज, स्पा, लाइसेस, माइक्रो सेभिङ, भ्याक्सलगायत सुविधा दिने गरेको बताए ।

उक्त दोकानमा महिला, पुरुष वा दम्पतीका लागि हाइड्रो फेसियल, हेयर कट, कलर, मसाजका लागि राम्रो सुविधा रहेको बेजिङस्टोकबाट आएका एक ग्राहकले बताए । सञ्चालक उमेशले यूकेका विभिन्न ठाउँका ग्राहकसँग आजीवन कन्ट्र्याक्ट नै रहेको बताए ।
जेन्स हेयर कटको मात्रै ७ पाउन्ड, हेयर कट र दाह्री १२ पाउन्ड, हेयर कट र कलर २० पाउन्ड, हेयर प्रम ४० पाउन्ड, हेयर स्टेट ५० पाउन्ड रेट छ भने आइब्रो ५ पाउन्ड,
आइब्रो उपरलिभ ८ पाउन्ड र फूलफेस १५ पाउन्डमा गराइने उनले बताए ।
सञ्चालक उमेशले भने, 'हामीले ठाउँ फराकिलो पारेर सेवा दिइरहेका छौं । जो जति यूकेमा हुनुहुन्छ । तपाईंहरु एक पटक भिजिट गरिदनुहोला । प्राइस रिजोनेवल छ । त्यसमा पनि आउनुभएको खण्डमा छुट दिनेछौं ।'
मुना हेयर एन्ड ब्युटी सलुनमा अहिले ९ जना कर्मचारी छन् । कर्मचारी प्रशस्तै भएकोले ग्राहकले धेरै समय कुर्न नपर्ने उमेशले बताए । प्रोपाइटर सलिनाले आफूहरुको सेवाबाट ग्राहक सन्तुष्टि र ग्राहकका लागि कर्मचारीबाट राम्रो सहयोग मिलेको । टिम वर्क रहेकोले व्यवसायलाई अहिलेको अवस्थासम्म ल्याउन सकेको बताइन् । उनले ग्राहकलाई आएर सेवा लिन र गल्ती, कमीकमजोरी भएमा सल्लाह, सुझाव दिन आग्रह गरिन् ।
उमेशले ग्राहक सन्तुष्ट भएर जाने गरेको समेत बताए । 'ग्राहकले सोचेको समयभन्दा कम समयमै फिनिसिङ गरेर पठाउँछौं । किनभने बेलायतमा टाइमिङकै धेरै अभाव हुन्छ । हाम्रो टिमवर्कले गर्दा ग्राहक सन्तुष्ट भएर जाने गर्नुभएको छ ।'