लन्डन । बेलायत आएका तमु धीं यूकेका संरक्षक डा. शेष घले र तमु धीं यूकेबीच वृहत् छलफल भएको छ । शनिबार २२ मार्चमा फार्नबोरोस्थित होटल एभिएटरमा डा. घलेलाई स्वागतसहित छलफल भएको हो ।
अध्यक्ष जुमकाजी गुरुङले डा. घलेलाई तमु धीं यूकेको लोगोअंकित भाङ्ग्रा लगाएर स्वागत गरेका थिए । डा. विशाल गुरुङले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गरेका थिए ।
परिचयात्मक कार्यक्रमपछि संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले संस्थाको विगतदेखि हालसम्मको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा संस्थाका बारेमा छलफल पनि भएको थियो । अध्यक्ष जुमकाजी गुरुङले संस्थाका आगामी योजनाबारे पनि जानकारी गराएका थिए । डा. घलेले पनि विगतमा केही कमीकमजोरी भएको भए त्यसलाई सुधार्दै अघि बढ्ने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङसहित पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ, ग्याम गुरुङ र नन्दजंग गुरुङ, ट्रस्टी एकेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, सल्लाहकार डेबिट गुरुङ, अफिसियल फोटोग्राफर मिलन तमुलगायत उपस्थित थिए ।
अन्त्यमा अध्यक्ष गुरुङले सबैलाई धन्यवाद दिँदै समापन गरेका थिए ।