लन्डन । तमु धीं यूकेको आयोजनामा २१ मार्चमा डिनर नाइट सम्पन्न भएको छ । नेपालका सांसद मानबहादुर गुरुङको बिदाइमा तमु धींले गोर्खा प्यालेस रेस्टुरेन्टमा कार्यक्रम गरेको हो ।
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको थियो ।
तमु धींका अध्यक्षले संस्थाको तर्फबाट सांसद गुरुङलाई मायाको चिनो दिएका थिए । सांसद गुरुङले बेलायतमा आफूले पाएको स्वागत, सम्मान र मायाका लागि धन्यवाद दिएका थिए । उपस्थित सबैले खादा लगाएर सांसदको परिवारलाई मायाको चिनो दिएर शुभयात्रा भनेका थिए ।
कार्यक्रममा तमु धीं यूकेको कार्यसमितिसहित ट्रस्टीहरू, संस्थापकहरू, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । उनीहरूले एकापसमा भलाकुसारी गरेका थिए ।
संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ र निवर्तमान आमा समूहकी सन्ध्या गुरुङ, पूर्वअध्यक्षहरू हितकाजी गुरुङ र श्रीमती सीतादेवी गुरुङ तथा छोरी, नन्दजंग गुरुङ दम्पती, रामचन्द्र गुरुङ दम्पती, ग्याम गुरुङ दम्पती, ट्रस्टी एकेन्द्र गुरुङ, उपाध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, अप्सरा गुरुङको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा, सल्लाहकार कृष्ण गुरुङ, एनआरएनए आईसीसीका दिलराज गुरुङ दम्पती, सचिव विमल गुरुङ, तमु धीं लन्डन इकाइका उपाध्यक्ष ईश्वर गुरङ र आमा समूहका अध्यक्ष देवकला गुरुङ, तमु फोरमका डाइरेक्टर क्या. राजु गुरुङ, ज्वाईं रामचन्द्र गुरुङ दम्पती, अप्सरा गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ दम्पती, एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङ र श्रीमती वविता गुरुङ, अफिसियल फोटोग्राफर एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
अध्यक्षले सांसदलाई शुभयात्रा भन्दै उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।