अल्डरसट । पासा पुचः गुथि यूके, अल्डरसटको अध्यक्षमा प्रजेश श्रेष्ठ चयन भएका छन् । गुथिको १६ मार्चमा अल्डरसटस्थित द प्यालेसमा सम्पन्न भएको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा श्याम श्रेष्ठ र सिमोन शाही, महासचिव न्यूसन श्रेष्ठ, संयुक्त सचिव प्रणय राज शाक्य, कोषाध्यक्ष रोज शाही, संयुक्त कोषाध्यक्ष सुहित श्रेष्ठ, खेलकुद सचिव राजीव राजभण्डारी, युवा संयोजक सुलभ कायस्थ, सांस्कृतिक सचिवहरू गगन डंगोल र श्याम प्रजापति, महिला संयोजक सबिना प्रजापति गुरुङ र मिडिया सचिव विकेश श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, आधिकारिक फोटोग्राफर सिजन श्रेष्ठ तथा कार्यकारी सदस्यमा पूर्णलाल महर्जन, रञ्जना बाटी, मनिष श्रेष्ठ, प्रज्ञा श्रेष्ठ र सुसता मल्ल रहेका छन् ।
त्यसअघि महासचिव प्रजेश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । उनले आफ्नो प्रस्तुतिमार्फत गुथिका ६ वटा शाखा एउटै भएर जानुपर्ने बताएका थिए । स्वागत मन्तव्य पूर्वअध्यक्ष केशवबहादुर श्रेष्ठले राखेका थिए ।
निर्वाचन समितिमा पर्शुराम बदगामी शुक्र श्रेष्ठ राजन मल्ल हरिकुमार श्रेष्ठ र मदनमान श्रेष्ठ रहेका थिए । समितिले नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन घोषणा गरेका थिए । क्या. विष्णु र पूर्वअध्यक्ष केशवबहादुर श्रेष्ठले निर्वाचित सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा संस्थाको इतिहास तथा लक्ष्य र उद्देश्यबारे, सन् २०२३ देखि हालसम्म भएका गतिविधि, आगामी योजना आयव्यय विवरणबारेमा पनि जानकारी गराइएको थियो ।
अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । आगामी कार्यक्रममा पनि सबैको साथ र सहयोगको अपेक्षा गरे ।
