लन्डन । मगर संघ यूके युनाइटेड हाम्सायर, सरे, वाक्सायर (यूएजएसबी) शाखाको नयाँ कार्यसमिति गठन भएको छ ।
आइतबार १६ मार्चमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भएको कार्यक्रमबाट वीर बलाल मगरको अध्यक्षतामा नयाँ कारेयसमिति चयन भएको हो ।
उपाध्यक्षमा गणेश बुराथोकी, महिला उपाध्यक्षमा नानु राना, सचिवमा पार्वती थापा, सहसचिवमा धन थापा, कोषाध्यक्षमा गोप सिङ्जाली, सहकोषाध्यक्षमा रोजिना थापा, सदस्यहरूमा डम्बर थापा, सीला थापा, गीता पाइजा, बबी पाईजा, दीपक राना, थम रोका, मञ्जु राना, चन्द्र पुन, सीता थापा, आशा पुन, मनोज पुन रहेका छन् ।

निर्वाचन समितिका प्रमुख एवं मगर संघ यूकेका पूर्वअध्यक्ष मेजर कुल बहादुर थापा मगरका अनुसार महिला कार्यसमितिको अध्यक्षमा नुनु राना चयन भएकी छन् । उपाध्यक्षमा पार्वती थापा, सचिवमा फुलमाया थापा, सहसचिवमा रजीना थपा, सदस्यहरूमा गोमाया थापा, विष्णु थापा, कमला थापा, सुकु आले, बीना थापा, हेमा थापा, जुना थापा र श्याम कुमारी थापा रहेका छन्।
यसैगरी, युथ कार्यसमितिको संयोजकमा बिपना थापा भएको जनाइएको छ । सचिवमा मेरिन पाईजा, सहसचिवमा बिपस छन्त्याल, कोषाध्यक्षमा सुभानी राना, सहकोषाध्यक्षमा पुजन थापा, सांस्कृतिक सचिवमा प्रमिना थापा, मिडिया सचिवमा जस्मिन पुन, सदस्यहरूमा आरती थापा, अनिल थापा, अमृत राम्जाली, ललिता थापा, राजन घर्ती, विमल घर्ती, सिरिया पुन, सगुन थजाली, कसम राना, अरुणा थापा, लिन्डा थापा, सुमन श्रीस, महेश थापा निर्वाचित भएका छन्।

मगर संघ यूके यूएजएसबी शाखाका अध्यक्ष ऋषिराम रानाले अध्यक्षता गरेको कार्यक्रममा उपाध्यक्ष वीर बलाल र महिला उपाध्यक्ष धन रोकाले संयुक्त रूपमा स्वागत मन्तव्य राखेका थिए । सचिव गणेश बुराथोकीले कार्यक्रम सञ्चालन गरेका थिए ।