लन्डन । नेपालको प्रतिनिधिसभाका सांसद मनबहादुर गुरुङ र तमुधीं नेपालकी आमा समूह्य सचिव विष्णु गुरुङ बेलायतमा सम्मानित भएका छन् ।
तमुधीं यूकेले १६ मार्च २०२५ मा मिचेटस्थित आफ्नै भवनमा स्वागत तथा सम्मान गरेर सांसद मनबहादुर र सचिव विष्णु सम्मान गरेको हो । उनीहरुलाई अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले फेटा, पछ्यौरा, पुष्पगुच्छा र खादा तथा मायाको चिनोसहित सम्मान गरेका हुन् । त्यसक्रममा सांसद पत्नी खिमशोभा र छोरी रोशनीलाई समेत सम्मान दिइएको थियो ।
सोही अवसरमा नयाँ व्यवसाय ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ सञ्चालन ल्याएकोमा उपाध्यक्ष कमल गुरुङ, पर्वतमा नि:शुल्क आँखा शिविर गरेर फर्किएका महासचिव डा. विशाल गुरुङ, आमा समूह सहकोषाध्यक्ष ध्रुव गुरुङ, मर्दीखोला समाज यूके आमा समूह अध्यक्षमा निर्वाचित भएकोमा बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । त्यस्तै कार्यसमिति सदस्य श्री गुरुङ र अफिसियल फोटोग्राफर तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई बधाई तथा सम्मान दिइएको थियो ।
यसैबीच तमु फोरम यूकेका डाइरेक्टर क्या राजु गुरुङले सांसद मनबहादुरसहित उनका परिवार तथा आमा समूह सचिव विष्णु गुरुङलाई सम्मान गरेका थिए ।
प्रमुख अतिथि सांसद मनबहादुर, सचिव विष्णुले आफूहरुलाई स्वागत, सम्मान गरेकोमा तमुधीं यूकेको टिमलाई आभार प्रकट गरे ।
कार्यक्रममा तमुधीं यूकेका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु, ट्रस्टीज,एनआरएनए यूकेका अध्यक्ष, चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेनकुमार गुरुङ,सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङलगायत तमुहरु र सञ्चारकर्मीको उपस्थिति थियो ।
तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए । निवर्तमान अध्यक्ष हरि गुरुङले संस्थाको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले प्रमुख अतिथि तथा सांसद र तमु धीं नेपालकी महिला सचिवसहित पाहुनालाई समय उपलब्ध गराएर उपस्थित भइदिएकोमा धन्यवाद अनि बधाई र कार्यक्रम तयारी, अन्य सम्मानितलाई पनि बधाई र आभार प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।



