मायाको म नबुझ्नेलाई
पुरै परिभाषा बुझायौ
चैत मासको खडेरीमा पनि
मायालु बर्षाले रुझायौ !
बिना अर्थको जिन्दगी ठान्ने म
तिम्रो मायाले जिउनुको अर्थ बुझ्दैछु
यदि तिमीसँग नठोक्किएको भए
के हुन्थ्यो होला भनी सोच्दैछु !
तिमी मेरो अधेरी रातमा आयौ र त
उजेली दिन छायो
तिमी आएपछि त मेरा सबै पीडाहरु
कता हरायो कता हरायो !
तिमी मेरो जीवनको किरण
त्यसैको ज्योतिले मलाई ब्युँझायो
सपनामा मस्त मलाई
बिपनामा रम्न सिकायो !
तिम्रो असरले म
मूर्खबाट साधु भएको छु
कुनै दिन त्यो गुन फिर्ता गर्नुपर्छ भनी
एक एक हिसाब राखेको छु !
तिमी कतै जन्मिनु, म कतै जन्मिनु
त्यो त संजोगको कुरा थियो
तिमी र म, हामी भई एकै ठाउँमा भेटिनु
भाग्यको कुरा थियो !
तिमी हेर्दा सामान्य
तर तिम्रो प्रभाव खास छ
तिम्रो मुटुमा मेरो, अनि मेरो मुटुमा तिम्रो
पालैपालो बास छ !
अब तिमीलाई के उपमा दिउँ
मायाकी खानी या सुन्दरताकी रानी
मैले त दुवै उपमा दिएँ हजुर
जानी नजानी !