लन्डन। बेलायतमा रहेको रेडिङ नेपाली समाज अर्थात् Greater Reading Nepalese Community Association को तेह्रौँ महाअधिवेशन सम्पन्न भएको छ । रेडिङ नेपाली समाज यूकेको महाधिवेशन रेडिङको पाकिस्तानी कम्युनिटी हल पाल् मर पार्क लन्डन रोडमा सम्पन्न भएको थियो ।
नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थापक प्रथम महिला बत्ती गुरुङ र अध्यक्ष भीमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।
उपस्थित महानुभावहरूलाई समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत गरे भने प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्व आदर्श पण्डित र सल्लाहकारहरू राम गलाम, मान गुरुङ, महेन्द्र घले गुरुङ, र एलबी सुब्बाले शुभकामना मन्तव्य राखेका थिए । यसै गरी नवआगन्तुक आजीवन सदस्य बिना थापा र युवाको तर्फबाट सूर्य भण्डारीले आआफ्नो मन्तव्य राखेका थिए ।
समारोहमा समाजका विभिन्न कार्यक्रमहरूमा स्वयं सेवा गर्ने महानुभावहरूलाई प्रसंसापत्र वितरण तथा नयाँ तथा आजीवन सदस्यता लिएका सदस्यहरूलाई सदस्यता कार्ड पनि वितरण गरिएको थियो । समारोहमा ज्येष्ठ नागरिकहरूको लागी सुनौलो लट्रीसमेत वितरण गरिएको थियो ।

उद्घाटन समारोहको दोस्रो सत्रमा महासचिव ओमकार अधिकारीले दुई वर्षको कार्य प्रगति विवरण पेस गरे भने कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतिवेदन पेस गरे । सभाले दुवै प्रतिवेदन सर्वसम्मतले अनुमोदन गर्यो । यसै गरी सभामा प्रस्तुत गरिएको आगामी कार्यसमितिको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव पनि अनुमोदन गर्यो ।
अधिवेशनको तेस्रो सत्रमा निर्वाचन समितिले नव निर्वाचित कार्यसमितिको घोषणा गर्यो । जसमा अध्यक्ष भीमसेन खड्का र उपाध्यक्षमा ओमकार अधिकारी, कल्पना पण्डित, बालकृष्ण दाहाल, प्रेम गुरुङ, लक्ष्मण श्रेष्ठ र यादव श्रेष्ठ छन् ।
यसै गरी महासचिवमा डा. भरत पौडेल, कोषाध्यक्षमा सरोज थापा, सह कोषाध्यक्षमा जगन्नाथ सापकोटा र सचिवमा सुवास चौलागाईं रहेका छन् । युवा तथा खेलकुद संयोजकमा मीन गुरुङ र सदस्यहरूमा चेत रेगामी, बिनस रिजाल, ईन्द्र कमल लिम्बु, हिम्मत सिटौला, सुरेन्द्र उप्रेती , सिता सापकोटा तिवारी, मनोहर थापा, अजित सेडाईं, मन प्रसाद लिम्बु, सुधंसु मल्ल, पुरुस्वत्तम आचार्य, महेश निरौला, महेन्द्र आले र सह सदस्यहरूमा गोविन्द उप्रेती र सुरेश राना छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक कृष्ण न्यौपानेले शपथ ग्रहण गराएका थिए भने आयुक्तहरू मान गुरुङ, राम गलाम र रामेश्वर थापाले बधाई तथा शुभकामना दिए । यसै गरी नयाँ कार्यसमितिलाई पूर्वअध्यक्ष टेक गुरुङ तथा सल्लाहकार सोब रेगामी र चन्द्र बुढाथोकीले पनि बधाई दिँदै आफ्ना भनाइ राखेका थिए ।
अन्त्यमा नबनिर्बाचित अध्यक्ष भीमसेन खड्काले सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको तीन वर्षे कार्यकालमा नयाँ टिमको नयाँ ऊर्जा र सबैको सहयोग र साथले समाजको लागी अत्यावश्यक आफ्नै एउटा सामुदायिक भवन खरिद गर्न सकिने अठोट व्यक्त गरे । कार्यक्रमको सञ्चालन ओमकार अधिकारीले गरेका थिए ।