पोखरा । चार भञ्ज्याङ क्षेत्रको विकास र परोपकारी कार्यको लागि चार भञ्ज्याङ च्यारेटी डिनर नाइट - २०२५ भव्यताका साथ सम्पन्न भएको छ ।
यही फागुन ३ गते (१५ फेब्रुअरी २०२५) पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष ह ले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा पहिलो पटक च्यारिटी डिनर नाइट नाइट सम्पन्न गरेको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा एको कार्यक्रममा मन्त्री, सांसद एवं जनप्रतिनिधि, गैरआवासीय नेपाली संघका विभिन्न अभियन्तालगायत पोखरामा रहेका संघसंस्था, यूके, काठमाडौँ, युरोप, हङकङ, पोखरा, बुटवल चारभन्ज्याङ एवं चारभन्ज्याङ गाउँबाट समेत उल्लेख उपस्थिति थियो ।
विगतमा चारभन्ज्याङ तमु समाज यूकेले यूकेमा च्यारिटी डिनर नाइट गरी पर्वतको चारभन्ज्याङ क्षेत्रमा स्वास्थ्य, शिक्षा, मानवीय हित, संस्कृति संरक्षण र भौतिक विकासमा टेवा पुर्याउँदै आएको थियो ।

कार्यक्रम संयोजक चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङले आफूलाई कार्यक्रमको प्रमुख संयोजकको स्थान दिएकोमा अध्यक्ष ह ले चन्द्रबहादुर गुरुङलाई धन्यवादसमेत दिएका छन् । कार्यक्रमपछि संयोजक बेनकुमारले सामाजिक सञ्जालमा लेखेका छन्,'यो च्यारिटी कार्यक्रम संचालन गर्नका लागि सजिलो भने पक्कै थिएन, धेरै किसिमको अनुभवहरु बटुल्यौं । यो कार्यक्रमको मुख्य लक्ष भनेको चारभञ्ज्याङ तमु समाज आईसीसीका इकाइहरु काठमाडौँ, पोखरा, हङकङ, बेलायत, बुटवल, युरोप (बेल्जियम ) र जापानलाई समावेश गरी नेपालमा भएका विभिन्नसँग संस्था तथा व्यापार/व्यवसायमा संलग्न एव नेपाल सरकारअन्तर्गत विभिन्न ओहदामा आसिन विशिस्ट व्यक्तिसँग आपसी स्नेह, सद्भाव र घनिष्ट सुमधुर सम्बन्ध कायम गरी यस संस्थालाई पहिचान गराउने र साथै चारभन्ज्याङ तमु समाज युकेले विगतका वर्षहरुमा च्यारिटीद्वारा संकलित रकमबाट गरेका उपलब्धिहरुबारे पनि अवगत गराउने रहेको थियो ।'
उनले कार्यक्रम तयारीमा खटिने र विभिन्न तवरबाट भूमिका खेल्ने महानुभावप्रति आभार प्रकट गरेका छन् । 'कार्यक्रम सफल भएको जानकारी प्राप्त भैरहेको र महसुस पनि गरेको छु । यस च्यारिटी कार्यक्रम सफल गर्नका लागि अरोरात्र खटिनुहुने सह-संयोजक आईसीसीका निवर्तमान महासचिव डीबी गुरुङज्यु, प्रमुख अथिति तथा अथितिलगायत मायाको चिनो, चारभन्ज्याङ सन्देशलगायत विभिन्न ब्यबस्थापनका लागि आईसीसी निवर्तमान उपाध्यक्ष तथा तमु धीं नेपाल अध्यक्ष हुम बहादुर गुरुङज्यु, साऊण्ड सिस्टम, स्टेज डेकुरेसन, सांस्कृतिक नृत्यका लागि उत्कृष्ट डान्सर टिम एवम् सम्पूर्ण स्टेज व्यवस्थापनका लागि कृष्णकुमार गुरुङलगायत उहाँका प्राविधिक साथीहरु , डोनेसनतर्फ चारभन्ज्याङ काठमाडौँ, अध्यक्ष आदरणीय क्या धन बहादुर गुरुङज्यु, कोषाध्यक्ष चार भन्ज्याङ पोखरा धुर्ब गुरुङज्यु, गौतम गुरुङ साथै पोखरा युथ टिम र हल प्रिप्रेरेसनका लागि चार भन्ज्याङ पोखरा अध्यक्ष गणेश बहादुर गुरुङज्यु साथै उहाँका सम्पूर्ण टिम, पाइपर ब्यबस्थापनका लागि आदरणीय क्या नारायण बहादुर गुरुङ ज्यु ,(अध्यक्ष तमु बौध सेवा समिति काठमाडौँ ) फूड एण्ड ड्रिंक्समा चार भन्ज्याङ युवा क्लब अध्यक्ष याम गुरुङ ज्यु साथै सम्पूर्ण उहाका टिम, एबम चार भन्ज्याङ पोखरा युवा समिति अध्यक्ष युवाराज गुरुङ, र उहाका टिम, स्टेजमा तारा गुरुङ, सुर्य गुरुङ साथै उहाका टिम, पाहुना सत्कार सम्पूर्ण पोखरा आमा समूह, रजिस्टर तथा भी आई पी ड्रिंक्सका लागि युथ नानी बाबुहरु, साथै अध्यक्ष हंग्कंग तारा गुरुङ, अध्यक्ष युरोप प्रेमकाजि गुरुङ, साथै कार्यक्रम लाइ सफल पार्नका लागि नेपाल भ्रमर्ण कार्यक्रममा रहनु भएका तमु धी युके प्रेसिडेन्ट जुमकाजी गुरुङलगायत सम्पूर्ण तमु धी परिवार, साहारा यु के प्रेसिडेन्ट कृष्ण गुरुङ लगायत साहारा यु के परिवार, कोने, घोनटे, घोताने प्रेसिडेन्ट क्या पितम्बर गुरुङ तथा कोने, घोनटे, घोताने चेलीबेटी प्रमुख लिन गुरुङ, लगायत सम्पूर्ण परिवार ज्युहरु, तमु धी नेपाल अन्तर्गतका क्षेत्रीय अध्यक्ष ज्युहरु, साथै अन्य संघ सस्था बाट पाल्नु भएका अध्यक्ष ज्युहरु, प्रतिनिधि ज्युहरु, मेरो सम्धी लोक बहादुर गुरुङ लगायत परिवार ज्युहरु, साथै विभिन्न क्षेत्र बटा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतिक, सहयोग दिनु हुने मेरो समस्त आदरणीय मान्यजन महानुभाव दाज्यु भाइ, दिदि बहिनि साथै साथि भाइहरुमा कृतज्ञाता सहित हार्दिक आभार ब्यक्त गर्दछु ।'
गोर्खाली रेडियो, पब्लिक फोर के टीभि, कास्की आवाज, फोनिज कास्की, मनि गुरुङ तमु संचारक्रमी संघ, तमु मै ता, गोर्खा मिडिया यूकेका डाइरेक्टर मिलन गुरुङ साथै उनका टिम, रोधी टेलिभिजन लाइभ प्रसारण, एसके गुरुङलगायत सम्पूर्ण मिडियाकर्मीलाई पनि उनले धन्यवाद भनेका छन् ।