लन्डन । तमु प्ये ल्हु संघ युकेले बेलायतका लागि नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेसँग औपचारिक भेट गरेको छ । संघका अध्यक्ष क्या डेम बहादुर योज तमुको नेतुत्वमा एक टोलीले शुक्रबार, १४ फेब्रअरी २०२५ का दिन दूतावासमै पुगेर भेट गरेको हो ।
बेलायतको लागि नवनियुक्त राजदूत घिमिरे र उनकी धर्मपत्नीलाई तमु परम्परागत फेटा, भाङ्ग्रा र पछयौरा ओढाई फूलको गुच्छा दिएर सम्मानसहित बेलायतमा स्वागत गरिएको हो । कार्यक्रममा सचिव भेग च्हाक्ली तमुले उपस्थित टोली सदस्यहरुको परिचय गराएका थिए भने अध्यक्ष क्या. डेम बहादुर योज तमुले संघको परिचय, बेलायतमा नेपालीहरुको अवस्था, गोर्खाहरुको माग र डायस्पोरामा गुरुङ संस्कार संस्कृतिको अवस्थालगायत संघले हालै किनेको भवनको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी बाढी पीडितहरुको राहतका लागि सात सय अठ्चालीस पाउण्ड आर्थिक सहयोगसमेत राजदूत घिमिरेलाई हस्तान्तरण गरेका छन् भने आगामी तमु ल्होसार महोत्सवको लागि अग्रिम निमन्त्रणासमेत तमु प्ये ल्हु संघले दिएको छ ।
भेटको क्रममा राजदूत घिमिरेले नेपाल बहुजाति, बहुसंस्कृति र बहुभाषी मुलुक भएकोमा गर्व लाग्ने भन्दै बेलात जस्तो व्यस्त देशमा पनि सामाजिक र कल्याणकारी कार्यमा अग्रसर भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताए । बेलायत बसाईको क्रममा सबैसँग सहकार्य गर्दै सक्दो सुलभ सेवा दिने कोसिस गर्ने उनले बताए । राजदूतले पुनः भेट्ने अपेक्षा गर्दै टोलीसँग बिदा लिएका थिए ।
टोलीमा अध्यक्ष क्या. डेम बहादुर योज तमु, प्रमुख सल्लाहकार जगत प्हच्यु तमु, सल्लाहकारद्वधय नन्द योज तमु र खम बहादुर ल्होँ तमु, सुरक्षा सह–संयोजक लुगुना म्होब्छे तमु, मिडिया सह–संयोजक किशोर प्ल्हेँ तमु आमा समूहकी प्रतिनिधि रत्नमाया प्ल्हेँ तमु, युवा प्रतिनिधि स्मृति च्हाक्ली तमु र सचिव भेग च्हाक्ली तमु थिए ।
