लन्डन । बीसीसी यूकेको अध्यक्षमा आङ्देवा शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार २२ फेब्रुअरी २०२५ मा बीसीसी यूकेमा भएको संस्थाको साधारणसभाबाट शेर्पाको नेतृत्वमा छैटौं कार्यसमिति निर्वाचित भएको हो । शेर्पा पाँचौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
कार्यसमिति उपाध्यक्षमा रबिन गुरुङ,क्या. देव घले, मे. हितमान गुरुङ, महासचिव मे. कुमार गुरुङ एमभिओ, सचिवमा मे. सकर गुरुङ, कोषाध्यक्षमा मे. बलदेव तामाङ, सहकोषाध्यक्षमा रिन्जी शेर्पा निर्वाचित भएको निर्वाचन आयुक्त तथा बीसीसी यूकेका पूर्वअध्यक्ष नरेश गुरुङले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिलाई गुम्बाका मूलगुरू खेम्पो यान्जी सेनाङले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । निर्वाचन समितिमा नरेश गुरुङ, मे.खुशीमान गुरुङ,ले.नारायण गुरुङ, धर्म तामाङ थिए ।
नवनिर्वाचित अध्यक्ष शेर्पाले सबैको समर्थन, सुझाव र सहकार्यबिना आफूहरुको यात्रा अपुरो हुने भन्दै बीसीसी यूकेलाई अझ स्वागतयोग्य र प्रेरणादायी बनाउन सकिने विचार व्यक्त गरे । उनले भने, 'यदि हामी एकजुट भयौ भने बौद्ध समुदायको केन्द्र बीसीसी यूकेलाई अझ स्वागतयोग्य र प्रेरणादायी बनाउन सक्छौं । बुद्धको शिक्षाले हामी सबैलाई मार्गदर्शन गरोस्,' उनको प्रतिबद्धता मन्तव्य थियो ।
कार्यक्रम बीसीसी यूके अल्डरसटमा निवर्तमान अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको हो भने कार्यक्रम सञ्चालन महासचिव मे. हितमान गुरुङले गरेका थिए ।