काठमाडौं । गोर्खा मेजर स्व.बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखि बकिङ्ह्यामसम्म’ लोकार्पण गरिएको छ ।
राईको जन्मदिन पारेर जेठा राई प्रसुराम मुकारुङ फाउन्डेसनले शुक्रबार काठमाडौं नयाँ बानेस्वरको एक होटलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि किराया पूर्वाध्यक्ष कुलबहादुर राईलगायतले विमोचन गरेका हुन् । उक्त अवसरमा विशेष अतिथिहरु पूर्वमन्त्री हेमराज राई,राष्ट्रियसभा सदस्य जयन्ती राई,नेपाली सेनाका उपरथी नरेशचन्द्र भट्ट,किराई राई प्राज्ञ प्रतिष्ठानका कुलपति जयकुमार राई,फाउन्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ फोटो पत्रकार हरिवंश किरात,सम्पादक प्रगती मुकारुङ,फाउन्डेसन संरक्षक रुङमाङ मुकारुङ,समाजसेवी मेजर चामबहादुर राई,किरात राई बान्तवा संस्था अध्यक्ष पृथ्वीराज मुकारुङ, वरिष्ठ गीतकार शुभ मुकारुङ,वरिष्ठ लोकगायक तथा संकलक दिलेन्द्र मुकारुङ,वरिष्ठ सस्कृतविद् तिर्थराज मुकारुङ लगायतको उपस्थित रहेको थियो ।
पुस्तकले स्व.गोर्खा मेजर मुकारुङको जीवन मात्र नभइ इतिहासदेखि वर्तमान नेपाल र नेपालीको अवस्थाबारे यथार्थ चित्रण गरेको छ। पुस्तकबारे बोल्ने क्रममा सांसद जयन्ती राईले ‘यो पुस्तक एउटा हाम्रो लागि शिक्षा मिल्ने दह्रो पुस्तक हो,थोरै पढ्दा पनि मैले त्यो पाएँ’भने।
त्यसैगरी,पूर्वमन्त्री हेमराज राईले लेखकको प्रसंशा गर्दै ‘मेजर बालकृष्ण दाइ सधैं जोसिलो,समाजसेवी हुनुहुन्थ्यो,यो पुस्तक हामीलाई अझ उर्जा थपेर जानू भयो’भने ।
अर्का वक्ता नेपाली सेना उपरथी भट्टले ‘लेखक दाइसँगको छोटो भेटले नै उहाँ कति उर्जाशील, प्रेरणादायी हुनुहुन्थ्यो, आज यो पुस्तकले पनि प्रमाणित गरेको छ,' उनले भने । साथै प्रमुख अतिथि राईले ‘इतिहास बोकेको खानदान हो मलाई राम्ररी थाहा छ,हामीले जे कुरा गर्छौं,सही गर्नुपर्छ भन्ने उदाहरण उहाँमा देखेको थिए,अब छोरानातिहरुले बिडो थाम्नुपर्छ',उनले भने।
लेखक मुकारुङको श्रीमती प्रेमकुमारी राई,छोराहरु शिशु कृष्ण मुकारुङ,डा.निरज मुकारुङ,सिपो मुकारुङ रहेका छन् ।
कार्यक्रमको उद्घोषक फाउन्डेसन सस्था सचिव कर्णेल गङ्गराज मुकारुङले गरेका थिए भने स्वागत मन्तव्य आत्मकथा लेखक राईको छोरा डा.निरज मुकारुङले गरेका थिए । उनले मन्तव्य दिँदा आफ्ना बाबुलाई सम्झँदै भक्कानिएका थिए ।
कार्यक्रमको अध्यक्षता फाउन्डेशन अध्यक्ष रुद्र किरातीले गरेका थिए ।
कार्यक्रममा लेखकप्रति माल्यार्पण,श्रद्धाञ्जली व्यक्तसमेत गरिएएको थियो।