लाहुरे -
हङकङ लगें, युके लगें
अझै कहॉ-कहॉ लग्छु
आउन नजिक सँगै बसम्
हैन भने मर्छु !
गहिरो माया लाऊरेको हुनी
हे बरै, नहुनी चाऊरेको
तिम्रो माया कति छ कति
हे बरै, नलाऊ पछि दाऊरेको !
लाहुरेनी-
हङकङ घुमिम, लन्डन घुमिम
धेरै गरिम मोज
बुढेसकालमा अझै गर्छौं
नचाहिने जोस !
मिठो माया कान्छीको हुने
हे बरै, नहुने जेठीको
मेरो माया कति छ कति
हे बरै, नलाऊ नजर आ..कुनै केटिको !
लाहुरे-
छुट्टी ऑए सारी ल्याईदिएँ
बॉधियो विवाह बन्धन
छोरा पायौं, छोरी पायौं
कमायौं मान र धन !
गहिरो माया लाऊरेको हुनी
हे बरै, नहुनी चाऊरेको
तिम्रो माया कति छ कति
हे बरै, नलाऊ पछि दाऊरेको !
लाहुरेनी-
सुन लाईम, चाँदी लाईम
जूली रिङ, लाईम
सुखमा नि, दु:खमा नि
सँगै गीत गाईम !
मिठो माया कान्छीको हुने
हे बरै, नहुने जेठीको
मेरो माया कति छ कति
हे बरै, नलाऊ नजर आ.. कुनै केटिको !
(साहित्यकार हितानले ८ फेब्रुअरी २०२५ मा ब्रिटिस गोर्खा बिर्गेड ‘इन्टेक ८५’को ४० औं वर्षगॅाठमा लाहुरे लाहुरेनीप्रति समर्पित गर्दै वाचन गरेको पल्टने गीत)