स्याङ्जा । तमु धीं यूके आमा समूहले फेदीखोला गाउँपालिका-१ स्याङ्जास्थित अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा १ लाख ६० हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ ।
बालगृहमै मंगलबार ११ जनवरी २०२५ मा आयोजित कार्यक्रममा तमु धीं यूकेकी आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायतले बालगृह सञ्चालिका तथा अध्यक्ष कमला पराजुलीलाई अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका हुन् । कोषका लागि डिसेम्बर २८ मा मनाइएको तमु धीं यूकेको रजत महोत्सव तथा ल्होछार कार्यक्रममा राफल ड्र सञ्चालन गरेर जम्मा गरिएको १ लाख र तमु धीं यूके कार्यसमिति सदस्य, सल्लाहकार तथा तमु धिं यूके आदर्श तमुस्यो पार्वती गुरुङ (माइला) र तमु समाज यूके आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ (कान्छा) र सामाजिक अभियन्ता कविता गुरुङबाट गरी १८ हजार रुपैयाँ, आमा समूहकी सहकोषाध्यक्ष ध्रुवा गुरुङबाट २१ हजार, मिना गुरुङले ११ हजार र क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेकी चेलीबेटी प्रमुख लीना गुरुङबाट १० हजार रुपैयाँ सहयोग भएको तमु धीं यूके आमा समूहकी पूर्वमहासचिव तथा वर्तमान सल्लाहकार यशोदा गुरुङले जानकारी दिइन् । उनले बालगृहमा सहयोग गर्न पाउँदा तमु धीं यूके आमा समूहको टोली अत्यन्त खुसी भएको बताइन् ।

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेकी चेलीबेटी प्रमुख लीना गुरुङले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै भविष्यमा बालगृहका नानीबाबुहरुले सत्कर्म गर्न सकुन् भन्ने शुभकामना दिएकी थिइन् ।
यस्तै आमा समूह सल्लाहकार मञ्जु गुरुङ राईले आमाबुबा भगवान् हो भन्दै कमला पराजुली जिउँदो भगवान्लाई सधैं आदर गर्न बालगृहका नानीबाबुहरुलाई आग्रह गरिन् । आफ्नो जीवन अभिभावकविहीन बालबालिबाकाका लागि समर्पित गर्नु चानचुने कुरा नभएको भन्दै उनले आमा समूहको तर्फबाट धन्यवाद तथा आभार प्रकट गरिन् ।
अक्षय कोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष बालगृहका उत्कृष्ट विद्यार्थीलाई तमु धीं यूके आमा समूहको नाममा पुरस्कार दिइने छ ।
सोही कार्यक्रममा तमु धिं आमा समूहकी अध्यक्ष कमलादेवीको परिवारबाट ३८ जना विद्यार्थीलाई ट्र्याकसुटसमेत सहयोग गरिएको थियो । तमु धीं आमा समूह यूकेले हरेक साल न्यानो ल्होछार अभियानअन्तर्गत विभिन्न विद्यालय, बालगृहलगायतमा सहयोग गर्दै आएको छ । यस पटक दुई पटक सहयोग प्रदान गरिएको छ ।


मंगलबार आमा टोली नै उपस्थित भएर अमोर सेवा नेपालको बालगृहमा सहयोग हस्तान्तरण गरेको हो भने यसअघि तमु मै ताबाट ६० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
बालगृहकी सञ्चालिका कमला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम अमृता गुरुङले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष कमलादेवी, निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष मञ्जु सीता गुरुङ, वरिष्ठ उपाध्यक्ष नन्द गुरुङ,सहकोषाध्यक्ष ध्रुवा गुरुङ, सल्लाहकार तथा तमु धीं यूके आदर्श तमुस्यो मञ्जु गुरुङ राई, सल्लाहकार रीता गुरुङ, तमु धीं यूके कार्यसमिति सदस्य, सल्लाहकार तथा तमु धिं यूके आदर्श तमुस्यो पार्वती गुरुङ (माइला), सामाजिक अभियन्ता कविता गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी प्रमुख लीना गुरुङ, सदस्यहरु जमुना गुरुङ, मिना गुरुङ, बालगृहका कर्मचारी, बालबालिकालगायतको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित, कर्मचारी र बालबालिकालाई आमा समूहकी पूर्वमहासचिव यसोदाले आफ्नो ४१ औं विवाह वर्षगाँठको अवसरमा भोजनको व्यवस्था गरेकी थिइन् । उक्त बालगृह २०६८ सालमा स्थापना भएको हो ।
