लन्डन । पाँचथर समाज सेवा युकेको पहिलो ‘च्यारिटी डिनर नाइट’ सम्पन्न भएको छ ।
८ फेब्रुअरी २०२५ अल्डरसटको एम्पायर हलमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष कमला लिम्बुको प्रमुख आतिथ्यतामा ‘च्यारिटी डिनर नाइट’सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि कमला र संस्थाकी अध्यक्ष शान्ति लिम्बुले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । लगत्तै नेपाली र अंग्रेजी रास्ट्रिय गीत बजाई पहिलो चरणको औपचारिक कार्यक्रमको सुरुआत गरिएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङद्वारा स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी गराइएको थियो । विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्बाङले मन्तब्यमार्फत् उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने संयोजक सन्देश लिम्बुले च्यारिटी डिनर नाइट गर्नुको उद्देश्यबारे प्रस्ट पारेका थिए ।
पाँचथर समाज सेवा युके सामाजिक सेवा गर्ने हेतुले सन् २००७ मा स्थापना भएको हो । सन्देश लिम्बुको संयोजकत्वमा भएको च्यारिटी शोबाट संकलित रकम पाँचथरको दुर्गम क्षेत्र फालेलुङ–७ गाँउपालिकास्थित पापुन्देन आधारभूत विद्यालयका विधार्थीहरुको आवश्यक सामग्री र शिक्षाका लागि सहयोग गरिने अध्यक्ष लिम्बूले बताइन् ।
संस्थाको सांस्कृतिक विभाग प्रमुख गायक तारा लक्सम, मकरबहादुर योन्जन, तयाहाङ्मा राई, कला चेम्जोङ, सन्दिप घले, रीतिका केरुङ/उमंग गुरुङ ‘गितार’ आदि गायक/गायिकाले गीत प्रस्तुत गरेका थिए भने मोडेल दिपा लिम्बू र अन्जना लिम्बुको आकर्षक नृत्य प्रस्तुति थियो ।
प्रमुख अतिथि कियाचु युकेका अध्यक्ष कमला लिम्बु, विशेष अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरलगायतले मन्तव्य राखेका थिए ।
अध्यक्ष शान्ति लिम्बुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रमलाई बिट मारिन् । कार्यक्रम संचालन महासचिव लाहाङ चेम्जोङ र पारु राईले गरेका थिए ।