लन्डन । तमु धीं यूकेको रजत महोत्सव तथा सप्री ल्होछार कार्यक्रमका लागि बेलायत आएका तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ स्वदेश फर्किएका छन् । एक महिने भ्रमणलाई सकेर उनी २९ जनवरीमा नेपाल फर्किएका हुन्।
अध्यक्ष गुरुङ गत २८ डिसेम्बरमा आयोजित रजत महोत्सव तथा सप्री ल्होछार कार्यक्रममा सहभागी हुन २५ डिसेम्बरमा बेलायत आएका थिए ।
निमन्त्रणाका लागि उनले तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङसहित कार्यसमिति, निवर्तमान आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङसहित कार्यसमिति, तमु धीं यूकेको नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङसहित कार्यसमिति, आमा समूहकी अध्यक्ष कमला गुरुङसहित कार्यसमितिलाई धन्यवाद दिएका छन् ।
बेलायतमा स्वागत, सम्मान र अपनत्व प्रदान गर्ने चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङलगायत कार्यसमितिप्रति उनले आभार व्यक्त गरेका छन् । साथै, उनले हिथ्रो विमानस्थलमा स्वागतदेखि बेलायत बसाइको अन्तिम दिनसम्म कार्यक्रममा निमन्त्रणा, स्वागत तथा सम्मान गर्ने व्यक्ति तथा संघसंस्थालाई समेत धन्यवाद दिएका छन् ।
बेलायत भ्रमणबाट आफूले धेरै कुराहरू सिक्ने र बुझ्ने अवसर पाएको उनको भनाइ छ। ‘अग्रजहरूको आशीर्वाद आफन्तजन, इष्टमित्र, संगीसाथीहरूको मायाले पुलकित बनेको छु । युके भिजिटले धेरै सिक्ने बुझ्ने अवसर प्राप्त भएको छ, नजिकबाट अनुभूत गराएको छ । जीवन र जगत् बुझाएको छ । जसले सेवामा समर्पित हुन थप प्रोत्साहित गरेको छ,’ उनले भने ।