मिचेट । तमु धीं यूकेले गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र समाजसेवी माया डोल्मा दोर्जे गुरुङलाई सम्मान गरेको छ ।
आइतबार, २६ जनवरीमा मिचेटस्थित आफ्नै भवनमा विशेष कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । कार्यक्रम संस्थाका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । उनले स्वास्थ्य र सुरक्षाबारे पनि जानकारी गराए ।
वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य तथा संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधिबारे संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले भनाइ राखेका थिए । यस्तै, ट्रस्टीहरूका तर्फबाट एकेन्द्र गुरुङ र पूर्वअध्यक्षका तर्फबाट निवर्तमान अध्यक्ष हरि गुरुङले मन्तव्य राखेका थिए ।
सो अवसरमा तमु धीं यूकेको इतिहास समेटिएको भिडियो पनि देखाइयो । त्यसपछि सम्मान कार्यक्रम भएको थियो । तमु धीं यूकेले सांसद सरस्वती, माया र अध्यक्ष होम गुरुङलाई फूल, दोसल्ला, खादा र मायाको चिनोले सम्मान गरेको थियो । सांसद सरस्वती, अध्यक्ष होम र मायाले पनि सम्मानका लागि तमु धीं यूकेलाई धन्यवाद दिएका थिए ।
सांसद सरस्वतीले पनि तमु धीं यूकेलाई आफ्नो तर्फबाट मायाको चिनो दिएकी थिइन् । अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, आमा समूहका अध्यक्ष आमा समूहका संस्थापक तथा पूर्वअध्यक्षहरू, ट्रस्टी, सल्लाहकार, तेह्रौँ कार्यसमितिका पदाधिकारी तथा सदस्य एवं आमा समूहका सदस्यलगायतको उपस्थिति थियो ।