लन्डन । तीन साताको भ्रमणका लागि तमु धीं यूकेको टोली नेपाल भ्रमणमा जाँदै छ ।
तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको हो । टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ ।
प्रारम्भिक जानकारी अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने, १ फेब्रुअरीमा काठमाडौंमा डा जगमान गुरुङसँग भेटघाट गर्नेछ । २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने, ३ मा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ ।
फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ । ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किनेछ ।
यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, तम धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ । सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ ।
यस्तै १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ ।
१५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, १७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमु धीं यूकेको मिडिया सेक्रेटरीले जनाएको छ ।
अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि हुने बताए ।