कुवेत सिटी । तमु (गुरुङ)हरुको साझा संस्था तमु समाज कुवेतको आयोजनामा चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार १७ जनवरी २०२५ का दिन कुवेतस्थित हिजुल कबड एरियामा विविध खेलकुद,मनोरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । तमु समाजकी अध्यक्ष रन्जना गुरुङको सभापतित्वमा भएको चेलीबेटी भोज कार्यक्रममा समाजको संस्थापक तथा वरिष्ठ सल्लाहकार अमर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो। उक्त औपचारिक कार्यक्रम समाजका सहसचिव भेद गुरुङले संचालन गरेका थिए ।
कार्यक्रमका सभापति, प्रमुख अतिथिले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमउद्घाटन गरेका थिए भने स्वागत मन्तव्य तमु समाजकी महिला उपाध्यक्ष शोभा गुरुङले राखेकी थिइन् । त्यसैगरी कार्यक्रममा नेपालको राष्ट्रिय गीत र तमु राष्ट्रिय गीत बजाइएको थियो । समाजका संस्थापक वरिष्ठ सल्लाहकार अमर गुरुङले चेलीबेटी भोज कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार भिमबहादुर गुरुङ,सल्लाहकारहरु रोशनराज गुरुङ, गोपप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष याम गुरुङ, कोषाध्यक्ष पदम गुरुङ, सहकोषाध्यक्ष कुमारी गुरुङ, कलाकार संयोजक सुशील गुरुङ, महिला संयोजक सुमी गुरुङ, खेलकुद संयोजक भुप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई भव्य,सभ्य बनाउन तमु पहिचान र मौलिकता झल्काउने खालका नृत्य, झाउरे, सालैजो, कौडा, सोरठी, युगल तथा सामूहिक नृत्य गरी समाजका सांस्कृतिक परिवारका कलाकारहरुले भूमिका खेले ।
कार्यक्रमको आकर्षक पक्ष खेलकुद हाडी फोड्ने,म्युजिकल चियर प्रतियोगिता राखिएको थियो । प्रतियोगिता पहिलो,दोस्रो हुने खेलाडीहरुलाई पुरस्कार खेलकुद संयोजक भुप्रसाद गुरुङले स्पोन्सर गरेका थिए । विजयी हुने खेलाडीहरुलाई कप,खादाले सम्मान गरिएको थियो ।
समाजले हरेक साल ४ सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यसपालि समाजका पूर्वअध्यक्ष हाल वरिष्ठ सल्लाहकार राजु गुरुङ, महासचिव सुरेश गुरुङ, महिला संयोजक सुमी गुरुङ, सदस्य चिनमाया गुरुङलाई क्रेगी (फेटा)र क्रमुसहित सम्मान गरिएको थियो त्यसैगरी चेलीबेटी भोज कार्यक्रमलाई सम्पन्न गर्न सहयोगीहरु महिला संयोजक सुमी गुरुङ,महिला उपाध्यक्ष शोभा गुरुङ,सहकोषाध्यक्ष कुमारी गुरुङ,सदस्यहरु शान्ति सुनुवार,देवी गुरुङ,रिसा गुरुङलाई खादाले सम्मान गरिएको थियो।
तमु जातिको परम्परागत रुपमा मनाएको कार्यक्रममा तमु समाज कुवेतको तर्फबाट चेलीबेटीहरुलाई स-सम्मान तमु परम्पराअनुसार मायाको कोसेली खादा, दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने चेलीबेटीहरुको तर्फबाट पनि समाजका दाजुभाइहरुलाई तमु परम्परा अनुसार मायाको कोसेली प्रदान गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण उपस्थितलाई जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी,चिउरा खसीको मासु साथमा पुलाउ मिठो भोजनले स्वगात गरिएको थियो ।
कार्यक्रमका सभापति समाजकी अध्यक्ष रन्जना गुरुङले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न खटेका समाजका अग्र्ज सल्लाहकार तथा कार्यसमितिलगायत सहयोगी सबैप्रति आभार व्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
तस्बिरहरु : भेद गुरुङ/अमृत गुरुङ