आज ल्होसारको दिन
फाम्बोरोको सानो कोठामा
बस्ने बाजे
बिहानैदेखि
निक्कै फूर्तिलो देख्छु
उनको अनुहारमा
बेग्लै चमक देख्छु
किनकि
उनको मनमा छ कि
आज वर्षौंदेखि नभेटिएका
नम्बरीहरु भेट्छु
पल्टनदेखिका रमाइला
कुराहरु गर्छु
अनि
घतलाग्दा पलहरु सुन्छु !!!
आज ल्होसारको दिन
वोइम्लेको एउटा घरमा बस्ने बज्यै
गुरुङ पहिरन
(चोलो, घलेक, मजेत्रो अनि गहना) मा सजिएर
ल्होसार मेलामा आइपुगेकी छे
आफूजस्तै सजिएर आएका
अरु बज्यैहरु देखेर
दङ्ग पर्छे
राम्री बज्यैहरुको भीडमा
आफूलाई झन् राम्री देख्छे !!!
आज ल्होसारे मेला
केन्टको न्गोलो (सोल्टी)
भान्ग्रा, कछाड, टोपी अनि मुन्द्रामा
हिरो भएर
भर्खरभित्र छिरेको छ
छिर्नेबित्तिकै उसले
एक से एक राम्री
न्गोल्स्यो (सोल्टिनी) हरु देख्छ
एक चोटी
आफूले आफैलाई हेर्छ
अनायासै
राम्री सोल्टिनीहरुतिर फर्किंदै
ओहो हजुरहरु त
कति छ्याबा (राम्री) भन्छ !!!!!
आज ल्होसारे मेला
बेजिङस्टककी सोल्टिनी
सोल्टीहरुलाई ठाउँको ठाउँ
ढाल्ने भनेर
गुरुङ पहिरन
अनि
अनुहारमा विशेष लिपपोत गरी
आएकी छिन्
सोल्टीहरु उनलाई देख्नेबित्तिकै
माहुरीले फूल वरिपरि झुमेझै
घेर्छन्
कोही सोल्टिनी परी जस्ती
भन्छन्
कोही सोल्टिनी राजकुमारी जस्ती
भन्छन्
कोही त फूल दिन
कानेखुशी पो गर्छन् !!!
आज ल्होसारको दिन
रिडिंगको भान्जा
भान्ग्रामा चिटिक्क परेर
सबैलाई छ्याजालो, आशिमलाँ भन्छ
उसले आफूजस्तै
थुप्रै भान्जाहरु देख्छ
उनीहरुसँगै
खेल्दै कुरा गर्दै
हाँसखेल गर्छ
केहीबेरमा
मिठा मिठा नेपाली खाना खाँदै
रमाउँछ !!!!!!
आज ल्होसारे मेला
अल्डरसटकी भान्जी
पहिलोचोटी गुरुङ पहिरनमा
मिस यूके जस्ती भएर आएकी छे
सबै मामा/माइजु हरु,
बाजे/बज्यैहरुले
ओहो कति राम्री
नानी तिमीभन्दा
मख्ख पर्छे
सँग सागै बाबाआमाहरुलाई
यता उता काममा सघाउँछे
अन्तमा
गुरुङ/ नेपाली गीत संगीतमा
नाच्दै गाउँदै रमाउँछे
अनि
आफ्ना साथीहरुलाई
ओ माइ गड
हाउ ब्यूटीफूल आओर
आर्ट एन्ड कल्चर भन्छे !!!!!
जय ल्होसार !
लेखक - लोक गुरुङ
मादी गाउँपालिका-१०, कास्की
हाल - बेलायत