लन्डन । तमु धीं यूकेले अतिथि र कलाकारहरुलाई बिदाइ गरेको छ ।
अल्डरसटस्थित सुसीमोटो रेस्टुराँमा आइतबार ५ जनवरी २०२५ मा एक कार्यक्रमबीच तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु धीं जापानका उपाध्यक्ष अरमान गुरुङ, कलाकार राजबहादुर गुरुङ, तृष्णा गुरुङ, पवित्रा गुरुङलाई अध्यक्ष जुमकाजी गुरुङ लगायतले फेटा, खदा र मायाको चिनोसहित बिदाइ गरेका हुन् । गायक राजबहादुर गुरुङले तमु धींलाई मायाको चिनो दिएका थिए ।
सोही अवसरमा सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ र उपाध्यक्ष शारदा गुरुङले पनि अतिथि र कलाकारहरुलाई खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।
बिदाइ कार्यक्रममा अतिथि र कलाकारहरुले आफूहरुलाई निमन्त्रणा गरेर बेलायत ल्याएकोमा तमु धीं यूकेका नेतृत्वसहित सबैमा धन्यवाद दिएका थिए । उनीहरुले तमु धीं यूकेले समाजप्रति पुर्याएको योगदानको प्रशंसा र केही सुझाव दिएका थिए ।
हुमबहादुर, अरमान, तृष्णा र राजबहादुर तमु धीं यूकेको २८ डिसेम्बरमा आयोजित रजत महोत्सव तथा ल्होछारका लागि र पवित्रा ३० डिसेम्बर २०२४ मा तमु प्ये ल्हु संघ यूकेको कार्यक्रमका लागि यहाँ आएका हुन् ।
कार्यक्रममा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्षहरू ज्ञाम गुरूङ, रामचन्द्र गुरूङ, हित काजी गुरूङ, नन्दजंग गुरूङ, एनआरएनएका सल्लाहकार तथा व्यवसायी सूर्य गुरुङ, एनआरएनए आईसीसी सदस्य तथा व्यवसायी दिलरास गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, पूर्वअध्यक्ष मिन गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ दम्पती, तमु फोरम यूकेका निर्देशक क्या राजु गुरुङ, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष अप्सरा गुरुङ, तमु धीं यूकेका वर्तमान कार्यसमितिका उपाध्यक्ष परशु गुरूङ, ल्होछार संयोजक तथा उपाध्यक्ष कमल गुरूङ, उपाध्यक्ष दिलमाया गुरूङ, कोषाध्यक्ष अरूण गुरूङ पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरू कृष्ण गुरूङ, क्या जीवन गुरूङ, मेजर कृष्ण गुरूङ, तर्कजंग गुरूङ, तमु धीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, निवर्तमान अध्यक्ष सन्ध्या गुरूङ, पूर्वअध्यक्ष प्रेमा गुरुङसहित पदाधिकारी तथा सदस्य, तमु प्ये ल्हु संघ यूके आमा समूहकी अध्यक्ष बबिता प्हच्युलगायतको उल्लेख्य सहभागिता थियो ।
अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परशु गुरुङले हेल्थ एन्ड सेफ्टी र स्वागत मन्तव्य राखेका थिए भने महासचिव डा. विशाल गुरुङले उद्घोषण गरेका थिए । निवर्तमान अध्यक्ष हरि गुरुङले पनि संक्षिप्त मन्तव्य राखेका थिए ।
अन्तमा अध्यक्ष जुमकाजी गुरुङले बिदाइ भएका कलाकारहरुलाई शुभयात्रा, शुभकामना दिँदै उपस्थितलाई धन्यवाद ज्ञापन गरेका थिए । खानपिनको प्रबन्ध गरिएको कार्यक्रमको समापनका क्रममा राजबहादुरले सांगीतिक प्रस्तुति दिँदै मनोरन्जन दिलाएका थिए ।