लन्डन । तमु धीं यूकेको २५औँ ल्होछार महोत्सव भव्य बनाउन बेलायत आएका गायक आश्रम गुरुङ र गायक राज बहादुर गुरुङ, तमु प्ये ल्हु संघ यूकेको निमन्त्रणामा आएकी नृत्य प्रशिक्षक पवित्रा गुरुङको स्वागत तथा बिदाइ गरिएको छ ।
डाँडाथोक गाउँले समाज, करापु डढुवा सेरोफेरो समाज, ईलमपोखरी समाज यूके र लमजुङ समाज यूकेले संयुक्त रूपमा तमु धीं भवनमा स्वागत तथा बिदाइ गरेको हो ।
गायक आश्रम गुरुङको बेलायत बसाइ पाँच दिनको मात्र भएकाले डाँडाथोके गाउँलेको सक्रियतामा कार्यक्रम भएको हो । गाउँलेका तर्फबाट परशु गुरुङको निर्देशनमा पूर्णराज गुरुङले कार्यक्रमको संयोजन गरेका थिए ।
गाउँलेको प्रतिनिधित्व गर्दै वयोवृद्ध सन्त बहादुर गुरुङ र परशु गुरुङले गायक आश्रम गुरुङलाई विशेष उपहार दिएर स्वागत तथा बिदाइ गरेका थिए । साथै गायक राज बहादुर गुरुङ र नृत्य प्रशिक्षक पवित्रा गुरुङलाई पनि डाँडाथोक गाउँलेले खादा ओढाएर स्वागत गरेका थिए ।
करापु डढुवा सेरोफेरो समाजका अध्यक्ष चमारसिंह गुरुङलगायत गाउँले तथा ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङसहित समाजका अग्रजले पनि कलाकारलाई स्वागत गरेका थिए ।
यसै अवसरमा लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष माला घलेले स्वागत गरेकी थिइन् । लमजुङ समाजका तर्फबाट अध्यक्ष दल बहादुर गुरुङले मायाको चिनो दिएका थिए ।
अन्त्यमा डाँडाथोके गाउँलेले स्पोन्सर गरेको पेय पदार्थ र गोरखा किचनबाट ल्याइएको थियो । सो अवसरमा कलाकारहरूले पनि छोटोमिठो प्रस्तुति दिएका थिए ।