लन्डन । बेलायतमा बस्ने नेपालीहरूले स्थापना गरेको संस्था प्रतिभा नक्षत्रको तेस्रो सम्मेलन सम्पन्न भएको छ । गत आइतबार दक्षिणपूर्वी बेलायतको वूल्विचस्थित ब्रेसफोर्ड सडकस्थित रिभरसाइड भवनमा भएको सम्मेलनले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आगामी दुई वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा विजया दाहाल भण्डारी, महासचिवमा कर्मा पहाडी शेर्पा, सहसचिवमा डा. विना घिमिरे र सत्य प्रजापति निर्वाचित भएका छन् । कोषाध्यक्ष आस्था जोशी, सहकोषाध्यक्षमा सेवा राई तथा संस्कृति विभागमा दीपक मैथाने मगर रहेका छन् ।
यसैगरी, सदस्यहरूमा दीर्घ केसी, जीवन शाही, सूर्यविक्रम केसी, अर्जुन शाही, प्रकृति श्रेष्ठ, सुरज गिरी, समु भारती, धनजित चौधरी, छविन चौधरी, राजेन्द्र खस, शम्भु गौतम र युरोप इन्चार्जमा सान्डि भण्डारी रहेका छन् ।
टोम अधिकारी संयोजक र टेकबहादुर थापा ‘बुद्धप्रिया’ सदस्यसचिव रहेको निर्वाचन समितिले निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरेर घोषणा गरेको थियो ।