लन्डन । बेजिङ्स्टोक गुरुङ समाज यूकेले यस वर्षको तमु ल्होछार शनिबार भव्य रूपमा मनाएको छ ।
समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रम समाजका ज्येष्ठ नागरिक एवं समाजसेवी जसबहादुर गुरुङ र अध्यक्षले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
दिउँसो चार बजे सुरु भएको कार्यक्रम राति ११ बजेसम्म चलेको थियो । एकदेखि तीन बजेसम्म हल तयारी गरिएको थियो ।
महासचिव सुवर्ण गुरुङको उद्घोषणका साथ अफिसियल कार्यक्रम सुरु भएको थियो । उपाध्यक्ष तथा लोछार संयोजक वसन्त घोन्टे गुरुङले स्वागत भाषण राखेका थिए । बेजिङ्स्टोक समाजका अध्यक्ष ओम गुरुङ तथा उनकी पत्नी कुमारी ( सुस्मा) गुरुङ पनि आमन्त्रित थिए ।
एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङ तथा उनका श्रीमान् तमु धीं यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी कमल गुरुङ पनि उपस्थित भएका थिए । हलको प्रायोजन स्वर्गीय रासकुमारी गुरुङको सम्झनामा उनका श्रीमान् सिङ्दल गुरुङ र छोरा दीपक गुरुङले गरे । राफल ड्रको पहिलो पुरस्कारबापत स्वर्गीय रग बहादुर गुरुङको सम्झनामा उनकी श्रीमती चिनिमाया गुरुङ, छोरा डा. अनिश गुरुङ र छोरी पद्मा ( तारा) गुरुङले सुन प्रायोजन गरेका थिए ।
दोस्रो पुरस्कार स्वर्गीय जय बहादुर गुरुङको सम्झनामा उनको छोरा सोमन गुरुङ र बुहारी रिता ( रेनु) गुरुङले सुन प्रायोजन गरेका थिए । तेस्रो पुरस्कार कार्य समिति सदस्य शान्ति गुरुङ र उनका श्रीमान् कृष्ण गुरुङले नातिनीको जन्म भएकामा प्रायोजन गरेका थिए । यसैगरी, चौथो पुरस्कार सफल व्यवसायी तथा समाजसेवी धन बहादुर गुरुङ, पाँचौँ पुरस्कार उपाध्यक्ष तथा कोअर्डिनेटर वसन्त घोन्टे गुरुङ र छैटौँ सरप्राइज पुरस्कार बेजिङ्स्टोकका सुन व्यवसायी बेल बहादुर विश्वकर्माले गरेका थिए ।
गुरुङ पहिरनमा उत्कृष्ट हुनेहरूका लागि महिलातर्फ प्रायोजक कल्पना गुरुङ, पुरुषतर्फ टिकाराम (जीवन) गुरुङ, बालबालिका केटातर्फ अध्यक्ष दुर्गा गुरुङ तथा पद्मा ( तारा ) गुरुङ र केटीतर्फ सचिव ध्रुव गुरुङ र विक्रम गुरुङ रहेका थिए ।
सांस्कृतिक कार्यक्रममा सांस्कृतिक सचिव डीजे सन्तोष गुरुङ र टिकाराम (जीवन) गुरुङ र आमन्त्रित कलाकार ममता गुरुङ रहेका थिए । ममता गुरुङ र सन्तोष गुरुङको प्रस्तुतिले हल गुञ्जायमान भएको थियो । पेय पदार्थ विक्रम गुरुङ, शोभा गुरुङ, बिमिता गुरुङ, रिसेप्सन कोषाध्यक्ष होम गुरुङ, सदस्यद्वय पूर्ण गुरुङ र अमर गुरुङ (EX QGS) रहेका थिए ।
समाजको आमा टोलीका गंगा गुरुङ, हेमा गुरुङ, मनशोभा गुरुङको टिम सत्कारमा खटिएका थिए । आईटीमा कृष्ण गुरुङ, फोटोग्राफमा मनिराज गुरुङ, नाचगानमा मिस बिनिसा तथा क्याटरिङमा गोर्खा दरबारका मालिक धन गुरुङको टिम रहेको थियो ।
यसैगरी, राफल ड्र उपाध्यक्ष होम गुरुङ, सचिव ध्रुव गुरुङ र आईटी सदस्य कृष्ण ( हिमाल) गुरुङले गरेका थिए । सेक्युरिटीमा उपाध्यक्ष वसन्त गुरुङको टिम थियो । प्राथमिक उपचारमा महासचिव सुवर्ण गुरुङ र गुरुङ नर्सहरू थिए । पिउने पानी अध्यक्ष दुर्गा गुरुङ र उनकी पत्नी पदमा ( तारा) गुरुङले स्वर्गीय ससुरा/बाबा रग बहादुर गुरुङ को सम्झनामा गरेका थिए ।
बेजिङ्स्टोक हस्पिटलका मेनेजर पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा नयाँ सदस्य, विभिन्न पदमा मेनेजरमा पदोन्नति, विवाहित नयाँ जोडी, सन्तान प्राप्ति, युनिभर्सिटी ग्र्याजुएटहरूलाई सम्मान गरिएको थियो । यस दिन अरू पनि कार्यक्रम भएकाले २५० भन्दा बढी सदस्य उपस्थित थिए ।