लन्डन । पैंयु खोला तमु समाज युकेको ल्होसार महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
१४ डिसेम्बर २०२४ मा फेल्थाम कम्युनिटी हलमा उक्त ल्होसार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन अध्यक्ष नरबहादुर पर्जु तमु एमभिओ बीईएम, संस्थापक अध्यक्ष क्याप्टेन रि डेम बहादुर योज तमु, प्रमुख सल्लाहकार ले रि कर्ण प्रसाद योज तमु, आमा समूहको अध्यक्ष लक्ष्मी प्लहे तमुस्योले दीप प्रज्ज्वलन गरि गरेका थिए ।
संस्थाका अध्यक्ष नरबहादुर पर्जु तमु एमभिओ बीईएमको अध्यक्षतामा भएको सप्ह्री ल्होसार कार्यक्रममा छैटौं कार्यसमिति तथा सातौं कार्यसमितिबीच जिम्मेवारी हस्तान्तरणसमेत भएको उपाध्यक्ष भवानी गुरुङले जानकारी दिइन् ।
सातौं कार्यसमितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ, प्रथम उपाध्यक्षमा चकराज गुरुङ, द्वितीय उपाध्यक्षमा भवानी गुरुङ, महासचिवमा भुवन गुरुङ, सचिव अमर गुरुङ, कोषाध्यक्षमा तेजमान गुरुङ र सहकोषाध्यक्षमा बिक्रम गुरुङ छन् ।
यस्तै एडमिनिस्ट्रेटिभ मेम्बरमा अमरबहादुर गुरुङ, फुड मेम्बर मिनबहादुर गुरुङ, एसिस्टेन्ट फुड मेम्बर निमबहादुर गुरुङ, ड्रिंक मेम्बर कृष्ण गुरुङ, एसिस्टेन्ट ड्रिंक मेम्बरमा कुमार गुरुङ, कल्चर मेम्बरमा मिन गुरुङ र एसिस्टेन्ट कल्चर मेम्बरमा नरप्रसाद गुरुङ रहेका छन् ।
ल्होसार कार्यक्रममा संस्थाका लागि चन्दा दिनेहरुलाई समाजबाट विशेष सम्मान गरिएको थियो । सम्मानित हुने चन्ददाताहरुमा सुनिता पर्जु तमु, विशाल र बिकी टु क्ल्हेप्री तमु, बसन्त पर्जु तमु तथा श्रीमती लौमाया मैन तमु, क्याप्टेन नबीन पर्जु तथा श्रीमती जुनिका लेम तमु छन् ।
यस्तै कार्यक्रममा समाजको आजीवन सदस्यता लिएकाहरु साथै नेपालबाट बेलायत भ्रमणमा आएका समाजका सदस्यहरुलाई अध्यक्ष क्याप्टेन नरबहादुरले सदस्यतापत्र र कदरपत्र प्रदान गरेका थिए ।
ल्होसार कार्यक्रममा अतिथि कलाकार रेजिना परियारको बेजोड गायन प्रस्तुति रहेको थियो ।
औपचारिक कार्यक्रम संचालन समाजका वर्तमान महासचिव भुवन पर्जु तमुले, सांस्कृतिक कार्यक्रमको संचालन दुर्गा योज तमु र सृजना तमुले गरेका थिए ।