लन्डन । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन भएका छन् ।
तमु धिं भवन मिचेटमा शनिबार भएको २४ औं वार्षिकसाधारणसभा र १३ औं महाधिवेशनबाट उनीहरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले घोषणा गरेका हुन् । संयोजक गुरुङका अनुसार गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको छ ।
नयाँ अध्यक्ष चुनिएका जुमकाजी हरि गुरुङ नेतृत्वको १२ औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । अत्यन्त मिहिनेती, सरल र सहयोगी स्वभावका जुमकाजी गुरुङको बेलायतका नेपाली समुदायमा छुट्टै पहिचान छ । सन् २००७ देखि सामाजिक संस्थामा जोडिएका गुरुङ १० औं कार्यसमितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । तमुधिंको हेम्प्सायर सर्रे इकाई सदस्य, उपाध्यक्ष, अध्यक्ष र सन् २०१५–२०१६ को आठौं कार्यसमितिमा कोषाध्यक्षको भूमिका निभाएका थिए । विभिन्न सामाजिक कार्यमा सक्रिय गुरुङ बुबा स्व.सुनार गुरुङ र आमा मनसुवा गुरुङको कोखबाट पर्वतको ताङ्लेमा जन्मिएका हुन् । २०३६ सालमा ब्रिटिस आर्मीमा भर्ती भएका उनले १८ वर्षे सेवापश्चात् अवकाश पाए । अहिले परिवारसहित बेलायत बस्छन् जसमकाजी । जुमकाजी तमुधिं यूकेका अलावा रामबजार सोसाईटी यूके, तमु संसार त्रैमासिक पत्रिका, लोकबहादुर स्मृति प्रतिष्ठान र तमु कल्चरल फोरमलगायत संघ संस्थामा आबद्ध छन् ।
यस्तै कमलादेवीको नेतृत्वको आमा समूह २८ सदस्यीय रहेको छ ।
जुमकाजी गुरुङ नेतृत्वको कार्यसमिति
कमलादेवी गुरुङ नेतृत्वको कार्यसमिति
कार्यसमिति घोषणाअघि साधारणसभा भएको थियो । सभामा विभिन्न प्रतिवेदनउपर छलफलपछि पारित गरिएको थियो । अधिवेशनमा बाक्लो उपस्थिति रहेको
थियो ।