लन्डन ११ डिसेम्बर २०२४ । समिट तथा क्रिप्टो करेन्सी समुदाय युकेको दोस्रो बैठक सम्पन्न भएको छ ।
गत शनिबार ७ डिसेम्बर २०२४ मा बेलायतको अल्डरसटस्थित थकाली कुजन रेस्टुरेन्टमा समिट तथा क्रिप्टो करेन्सी समुदाय युकेको दोस्रो बैठक सम्पन्न भएको हो । उक्त बैठकमा जुममार्फत संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल यादवले ले. कर्ण गुरुङलाई कोर अचिभरको पद तथा मर्सेडिज कार उपहार प्रदान गरेका छन् । जसको मूल्य बेलायती पाउण्ड झन्डै ७० हजार बराबर हुन जान्छ । समिटका अर्का कोर अफिसर मिलन गुरुङलाई गत मंगलबार कोर अचिभरको पद तथा मर्सेडिस कार उपहार प्रदान गरिसकिएको थियो ।
ले. कर्णले सीईओ यादवलाई जुममार्फत बैठकमा स्वागत गर्ने र मिलन गुरुङलाई बधाई दिने कार्यक्रम थियो । तर सीईओ यादवले ले. कर्णलाई नै आश्चार्य चकित पार्दै कोर अचिभरको पद तथा मर्सिडिस कार उपहार प्रदान गरेका थिए ।
मिलन गुरुङको आमा ८४ वर्षीय ज्येष्ठ नागरिक बिनिमाया गुरुङले मैनबत्ति जलाएर बैठक सुरु गरेकी थिइन् भने बैठकमा सबै भन्दा कान्छी उमेरकी रहिमा गुरुङको पनि उपस्थिति थियो । बैठकको मुख्य उद्देश्य समुदायका सदस्यहरुलाई एकैठाउँमा भेला गर्नु र नयाँ पद पाउने अचिभरहरुलाई प्रमाणपत्र वितरण गर्नु रहेको आयोजकले जनाएको छ ।
उक्त बैठकमा रोनी श्रेष्ठ, बेल बुराथोकी र दिलरास गुरुङलाई पर्सनल टेस्टोमनी प्रदान गरिएको थियो भने समिट रनर, समिट फास्टर, समिट आर्मी, समिट अफिसर, म्याङ्गो अफिसर, वारियर अफिसर, अचिभर र कोर अचिभरजस्ता नयाँ र्याङ्क तथा पद पाउने अचिभरहरुलाई खादा लगाएर, प्रमाणपत्र, चिया पिउने मग तथा टोकन अफ लभ वितरण गरिएको थियो ।
उक्त दिन ले. कर्णको श्रीमती प्रेरणा गुरुङको जन्मदिन परेकोले उनलाई सरप्राइज दिँदै केक काटिएको थियो । बैठकमा ले. कर्णले क्रिप्टोकरेन्सी तथा समिट टोकनको बारेमा बिस्तृत जानकारी दिनुभन्दा पहिला "यो मन त नेपाली हो" भन्ने नेपाली गीत बजाएर सुरुआत गरेका थिए ।
कार्यक्रम महासचिव अशोक राईले संचालन गरेका थिए । बैठकमा २३ जना विभिन्न तहका अचिभरहरुको उपस्थित रहेको थियो । बैठकमा सहभगीहरुले समिट समुदायका लागि अति नै फलदायी र अविष्मरणीय रहेको बताएका छन् ।