यो डाँडापाखा र तारा
गाउँ सानो छ, सहर ठूलो छ !
तर घामको स्पर्शले छोडेर जाँदा सबै त चम्कन्छ,
कहिले भूइँमा तारा देखेको छौ !
हेर्न मन छ भने,
आऊ मेरो गाउँ हेर्न,
आऊ मेरो सहर हेर्न ।
.
सबै विदेश लम्कन्छ तर पनि,
यो डाँडापाखा र सहर हिराझैं चम्कन्छ,
लाग्छ आकाशका यी तारा झरेर भूइँमा आइदियो,
लाग्छ त्यही पछ्यौरीको टल्किने भाग यही जमिनमा झर्दियो,
यो डाँडापाखा र तारा ।
.
यदि तारालाई पनि आफ्नो रूप हेर्न मन लाग्यो भने,
पक्कै उसले साँझ परेपछि मेरो गाउँ हेर्न आउँछ होला,
मेरो सहर हेर्न आउँछ होला ।
उसलाई आफ्नो आकृति चम्केझैं लाग्छ होला,
आफ्नो अनुहार ऐनामा हेरेँझैं लाग्छ होला ।
यो डाँडापाखा र तारा ।