लन्डन । चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति (CBTS ICC) बाट लामेगाउँको गुम्बा पुनर्निर्माणका लागि २१ लाख ९७ हजार ८५७ रुपैयाँ हस्तान्तरण भएको छ ।
चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा चार भन्ज्याङ लामे गाउँमा अवस्थित बुद्धिस्ट लामे गुम्बा पुनर्निर्माणका लागि ग्लोबल चार भन्ज्याङ सदस्यहरुबाट चन्दा संकलन गरी गुम्बा पुनर्निर्माण समितिका संयोजक भक्तबहादुर गुरुङलाई ३० अक्टोबरका दिन सीबीटीएस आईसीसी सचिवालय कार्यालयमा उक्त रकम हस्तरन्तण गरिएको हो। १०० वर्षभन्दा पुरानो यो ऐतिहासिक गुम्बा चार भन्ज्याङ क्षेत्र बौद्धधर्मावलम्बीहरुको एउटैमात्र आस्थाको केन्द्र हो ।
गुरुङ समुदायहरुमा बुद्धिस्ट शास्त्रमा उच्च शिक्षा हासिल गरी आचार्य हासिल गर्नुहुने पहिलो लामा यसै गुम्बाका दोस्रो पुस्तका लामा स्वर्गीय जितु गुरुङ हुनुहुन्थ्यो । विभिन्न जडिबुडी वनस्पति र झारपातहरुको मिश्रणबाट बनाइएका प्राचीनकालका मूर्तिहरु, गुम्बाका भित्ता र सिलिङहरुमा गरिएको पेन्टिङहरु साथै गुम्बा भवन २०१५ सालको भुकम्पले भत्काएर ठूलो क्षति गरेको थियो । तत्काल स्थानीय सरकारबाट दस लाख रुपैयाँ सहयोग भए पनि यसको जीर्णोद्वार राम्रो हुन सकिएको थिएन ।
चार भन्ज्याङ आईसीसीको यो उल्लेखनीय आर्थिक सहयोगपछि यस गुम्बाको पूर्ण जीर्णोद्वार हुनेमा सबै चार भन्ज्याङ्बासि ढुक्क छन्। स्मरण रहोस्, चार भन्ज्याङ भङरा गाउँमा अवस्थित बज्रमारदेवी मन्दिर पनि २०१५ को भुकम्पले क्षति ग्रस्त थियो र उक्त मन्दिरको पुनर्निर्माणको लागि चार भन्ज्याङ आईसीसीको पहलमा रु ११ लाख ८४ हजार ३२० चन्दा संकलन गरी मन्दिर पुनर्निर्माण समितिलाई १४ अप्रिल २०२३ मा हस्तान्तरण गरेको थियो । चार भन्ज्याङ तमु समाजले चार भन्ज्याङ क्षेत्र विकास योजनाको अवधारणा लिएर यसका मूल उद्देश्यहरु शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र वातावरण संरक्षणजस्ता विषयहरुलाई सहयोग र उत्प्रेरित गर्दै लैजाने उद्देश्यका साथ स्कुल भवन शिक्षा सामग्री स्कुलमा सेक्युरिटी फेन्स, चार भन्ज्याङ टेलिमेडिसियन स्वास्थ्य केन्द्र र विभिन्न मानवीय संकटमा स्थानीय सरकारसँग पहल गर्दै आफ्नो गाउँ क्षेत्र विकासका लागि विशेष योगदान दिँदै आइरहेको छ ।
चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लेप्टेनेन्ट चन्द्रबहादुर गुरुङ तथा समन्वय समिति, चार भन्ज्याङ काठमान्डौ, पोखरा, लुम्बिनि प्रदेश, ह्ङ्कङ, युके र इयु का क्षेत्रीय अध्यक्षहरु र सबै चन्ददाता सदस्याहरु प्रति हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछ ।
चन्ददाताहरुको नामावली र चन्दा रकम यस प्रकार छ । चार भन्ज्याङ तमु समाज अन्तरराष्ट्रिय समन्वे समितिका अध्यक्ष लेप्टेनेन्ट चन्द्र बहादुर गुरुङ तथा समन्वे समिति, सम्पुर्ण छेत्रीया अध्यक्षज्युहरु र चन्दादाताहरु प्रति हार्दिक धन्यवाद दिदै आभार प्रकट गर्दछ। चन्ददाताहरुको नामवलि र चन्द रकम यस प्रकार छ्न्।