लन्डन । तमु समाज यूकेले आगामी ४ जनवरीमा भव्य रूपले तमु समुदायको महान् चाड तमु ल्होछार मनाउने भएको छ ।
‘राष्ट्रिय पर्व तमु सप्रि-ल्हो ल्होछार तथा सांस्कृतिक कार्यक्रम २०८१’ Byron Hall, Harrow Leisure Centre, HA3 5BD मा धूमधामका साथ मनाउने भएको हो ।
तमु जातिको मौलिक संस्कार, संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको हो । सो अवसरमा नेपालबाट आउने चर्चित कलाकारका साथमा तमु समाज यूकेका कलाकारको बेजोड प्रस्तुति तथा डिजे धमाका हुनेछ ।
ल्होछारलाई नयाँ वर्षका रूपमा मनाइन्छ । जसअनुसार यस वर्ष मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाइ गर्दै सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गरिनेछ । बेलायतमा रहेका तमु तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तमु समाज यूकेले अनुरोध गरेको छ ।
सप्री ल्हो ल्होछार २०८१ को संयोजकको जिम्मेवारी संस्थाका उपाध्यक्ष केदार गुरुङलाई दिइएको छ । २८ जनवरीमा गर्ने दशग्रह शान्तिपूजाको धार्मिक संयोजक हरिमान गुरुङ र आमा समूहका अध्यक्ष विमला घालेलाई जिम्मा दिइएको छ ।
साथै सांस्कृतिक कार्यक्रमका लागी पूर्व सांस्कृतिक सचिव सरु गुरुङ र आमा समूहका अध्यक्ष विमला घालेलाई जिम्मेवारी दिइएको छ । यस्तै, अतिथि पत्राचार महासचिव सुब घले र पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङले गर्नेछन् ।
‘शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ मूल नाराका साथ २००७ सालमा समाजको स्थापना भएको हो ।