लन्डन । तमु धीं यूकेले ल्होछार तथा रजत महोत्सव सफल पार्न विभिन्न १४ वटा समिति बनाएको छ ।
तमु धींले २८ डिसेम्बर २०२४ मा ल्होछार तथा रजत उत्सव मनाउँदै छ । क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टर HA3 5BD मा हुने हुने कार्यक्रमको तयारी तीव्र पारिएको छ ।
यसै क्रममा विभिन्न समिति बनाएर संयोजक तोकी संयोजकको मातहतका नाम र काम विभाजन गरिएको उपाध्यक्ष एवं २५औँ ल्होछार संयोजक कमल गुरुङले जानकारी दिए ।
दिलरास गुरुङ संयोजक रहेको स्पोन्सर ग्रुप बनाइएको छ । कल सेन्टर र भाङ्ग्रा संयोजकमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ रहेका छन् । यस्तै मिडिया संयोजकमा एसके कुमार गुरुङ, गेस्ट संयोजकमा उपाध्यक्ष पर्शुराम गुरुङ, स्टेज तथा हल डेकुरेसनको मेन संयोजकमा तमु धींको लन्डन इकाई र संयोजकमा ले. कुशन गुरुङ रहेका छन् ।
यसैगरी, यातायाततर्फ संस्थाका सल्लाहकार शन्तकुमार गुरुङ, टिकट तथा राफल संयोजकमा कोषाध्यक्ष दिलमाया गुरुङ, कल्चर संयोजकमा सांस्कृतिक सचिव शाधुराम गुरुङ, साउन्ड-म्युजिक संयोजकमा सल्लाहकार सपन राई, खाना तथा पेय पदार्थको संयोजकमा तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ, सुरक्षा संयोजक सल्लाहकार ले. मुक्तिजङ गुरुङ रहेका छन् ।
सहजीकरण तथा एप्रिसिएसन समिति संयोजकमा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफल संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारमा लन्डन इकाई अध्यक्षसहितको टिम तथा कार पार्किङमा पनि लन्डन इकाईलाई नै संयोजनको जिम्मा दिइएको छ ।
हालसम्मका हरेक कार्यक्रममा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तमुहरूले सहयोग गरिरहेको र २५औँ ल्होछार रजत उत्सवमा पनि साथ र सहयोग पाउनेमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुरुङले विश्वास व्यक्त गरेका छन् ।