लन्डन । नेपालीहरूकाे दोस्रो ठूलो चाड तिहारको अवसरमा तमु धीं लन्डन इकाईले देउसी भैलो खेलेको छ ।
लन्डन सडबरी हिल स्पोर्ट्स क्लबको हलमा शनिबार २ नोभेम्बर २०२४ मा तमु धीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङको सभापतित्वमा तिहारको शुभकामना आदानप्रदान साथै परम्परागत रूपमा खेल्दै आइरहेको देउसी, भैलो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम इकाईका वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि हरि गुरुङ, इकाई अध्यक्ष भरत गुरुङ, आमा अध्यक्ष देवकला गुरुङ, फस्ट लेडी सिर्जना गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङ, ट्र्ष्टी रि.क्या.प्रेम गुरुङ र सोंपाल समाज यूकेकी आमा अध्यक्ष मनदेवी गुरुङले सामूहिक दीप प्रज्वलन गरी कार्यक्रम समुद्बघाटन गरेका थिए ।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले तिहारको महत्वबारे प्रस्ट्याउँदै दिदीबहिनी, दाजुभाइहरूको स्नेही माया साथै परम्परागत पर्व सबै नेपालीहरूको साझा बनेको उल्लेख गरे ।
उनले विदेश भूमिमा रहेर पनि यसरी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी तमु धीं यूकेलाई आमन्त्रण साथै तिहारको माहौल पारिवारिक वातावरण सिर्जना गर्दै नेपाली संस्कृतिको जगेर्ना गर्ने कोसिस गरेकोमा तमु धीं लन्डन इकाईप्रति आभार प्रकट गरे ।
तमु धीं यूकेको शिर उच्च राख्न लन्डन इकाईले हरहमेसा ठूलो भूमिका खेल्दै आएको भन्दै अध्यक्ष गुरुङले भावी दिनहरूमा पनि यो निरन्तरताको अपेक्षासहित शुभकामना व्यक्त गरे ।
शुभकामना आदानप्रदान साथै संस्था र समाजप्रति योगदानको कदर गरी सम्मानित भएका र नयाँ नेतृत्व चयन भएका मान्यजन पदाधिकारीहरूलाई बधाई तथा संस्थाको तरफबाट सम्मान गरिएको थियो ।
दोस्रो चरणको कार्यक्रम परम्परागत रूपमा खेलिने देउसी, भैलो इकाईका ट्रष्टी रि.ले.नारायणप्रसाद गुरुङ बीईएम, होमकुमारी गुरुङले प्रचलित शैलीको सुरुआतीबाट भट्ट्याउँदै देउसी, भैलो मनोरञ्जन तवरले सुरु भएको थियो । उपस्थित सबैलाई रमाइलो बनाउन ठूलो भूमिका खेल्ने गायनतर्फ सांस्कृतिक सचिव कुमार गुरुङ, मिना गुरुङ, सुशील गुरुङको साथ इकाईका आमा समूहको साथमा देउसी, भैलो सुरु गरी रमाइलो गरिएको थियो ।
तिहारको शुभकामना मन्तव्य साथै उपस्थित भएका अतिथिहरू, विशेष अतिथि तमु धिं यूके वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, आमा उपाध्यक्ष कमला गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष परशु गुरुङ, आमा उपाध्यक्ष श्रीमती नन्द गुरुङ, रि.ले.नारायणप्रसाद गुरुङ (बीईएम), रि.क्या.प्रेमबहादुर गुरुङ, रि.क्या.रामकाजी गुरुङ, विष्णु गुरुङ ट्र्ष्टी), जगदीश गुरुङ, फस्ट लेडी सीमा गुरुङ, सोंपाल समाज यूके अध्यक्ष, निवर्तमान अध्यक्ष श्रीप्रसाद गुरुङ, पूर्वअध्यक्ष, युक्त गुरुङ, रुम्जाटार सोसाईटी यूके अध्यक्ष धनबहादुर गुरुङ, बीजीएनए यूके BGNAUK अध्यक्ष शान्तबहादुर गुरुङ, पूर्वअध्यक्ष देउबहादुर गुरुङ, नातागोता एवं ट्रष्टी धनकाजी गुरुङ, हुम कुमारी गुरुङ, तमुधीं यूके कार्यसमिति सदस्य एवं समाजसेवी लन्डन इकाईका सल्लाहकार भोजबहादुर गुरुङ, ट्रष्टी चन्द्रबहादुर गुरुङ, साउथ इस्ट रिजनल तमुधीं यूके पूर्व उपाध्यक्ष एवं समाजसेवी पार्वती गुरुङ, सोंपाल आमा अध्यक्ष मनदेवी गुरुङ, पूर्वआमा उपाध्यक्ष धनमाया गुरुङलगायत धेरै भन्दा धेरै समाजसेवी मान्यजन, दिदीबहिनी, दाजुभाइहरूको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीलाई खानाको व्यवस्था इकाईका आमा समूह दिदीबहिनीहरूले गरेका थिए । उपस्थित भई दक्षिणा प्रदान गर्नुहुने कार्यक्रम सफल बनाइदिनुहुने सबैलाई इकाईका अध्यक्ष भरत गुरुङले धन्यवाद दिएका थिए ।