पोखरा । चारभन्ज्याङ तमु समाज यूकेको अगुवाइमा रहेको 'चार भन्ज्याङ ग्लोबल युथ भिजिट-२०२४' टिमलाई तमु धीं नेपालमा स्वागत गरिएको छ ।
शनिबार तमु धीं नेपालको केन्द्रीय कार्यालयमा एक समारोहबीच युथ भिजिट टोलीलाई फेटा, सेतो टिका, खादासहित स्वागत गरिएको हो । अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेनकुमार गुरुङ, महासचिव अमर गुरुङ, सल्लाहकार टेकबहादुर गुरुङ, फस्ट लेडी तारा गुरुङलगायत भ्रमणमा सहभागीलाई स्वागत गरिएको थियो ।
उनीहरुलाई तमु धीं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद तमु, युवा संयोजक रमेश, कोषाध्यक्ष कृष्ण तमुलगायतले टीका, फेटा र खादासहित स्वागत गरे ।
बेलायतबाट मिना गुरुङ, विनोद गुरुङ, प्रशंसा गुरुङ, मेघ गुरुङलगायत टोलीमा सहभागी थिए भने पोखराबाट युवराज गुरुङ, मधुकर गुरुङ, मेनुका गुरुङ, सलिना गुरुङ, संगीता गुरुङ, कान्छी गुरुङ, अन्जु गुरुङ, प्रज्वल गुरुङहरु थपिएका थिए । त्यस्तै काठमाडौंबाट विवेक गुरुङ, चारभन्ज्याङ युवा क्लब टिम काठमाडौंबाट यमबहादुर गुरुङ, रोशन गुरुङ, सुमन जिसी, डम्बरबहहादुर गुरुङलगायत जम्मा ३२ जनाको टोली रहेको छ ।
तमु धीं नेपालकी महासचिव जुनाकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा युवा समितिका संयोजक रमेश तमुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा तमु धिं नेपालआमा केन्द्रीय समितिकी अध्यक्ष उर्मिला तमु, रेडियो गोर्खालीकी स्टेसन म्यानेजर खिमा गुरुङलगायत विभिन्न पदाधिकारी, सदस्य, सामाजिक व्यक्तित्वलगायतको उपस्थिति थियो ।
चारभन्ज्याङ तमु समाज यूकेले पर्वत जिल्ला चारभन्ज्याङबाट देश विदेशमा रहेका युवाहरुलाई आफ्नो गाउँ चारभन्ज्याङ युथ भिजिट बुधबार पोखराबाट सुरु गरेको हो । सोही दिन बुधबार चारभन्ज्याङ तमु समाज पोखरामा चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्वागत एवम् भ्रमण सफलताको शुभकामना कार्यक्रम गरेको थियो ।
कात्तिक १४ देखि १७ गतेसम्म भएको युथ भिजिटमा युवाहरुलाई आफ्नो थाकथलो, बाबुबाजेको घर, गाउँ चिनाउने वा परिचित गराउने, युवाहरुलाई आफ्नो गाउँ, गाउँलेप्रति अपनत्वको विकास गराउने, रैथाने कला संस्कृति, परम्परा मौलिक रहनसहनप्रति आकर्षित गराउने, युवाहरुबीच चिनजान र अनुभव आदानप्रदान गर्ने, गराउने र चार भन्ज्याङ यूकेले वार्षिक च्यारिटीबाट चारभन्ज्याङ गाउँहरुमा गरिएको सहयोगहरुबारे अवलोकन गराउने कार्य भएको आयोजकले जनाएको छ ।
चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेनकुमार गुरुङको नेतृत्वमा भिजिट कार्यक्रम खाल्टे, ठाना, लामे, महाशिला, धन्तरी, फलामखानी, दाद्रा हुँदै भँगराको भ्रमण गरिएको थियो ।