लन्डन । तमु धीं यूकेले रजत आगामी २८ डिसेम्बरमा मनाउन लागेको रजत महोत्सव तथा ल्होछारको तयारी तीव्र पारेको छ । महोत्सवका लागि नेपालबाट आउने कलाकारको टुंगो लागेको छ। देश तथा विदेशबाट अतिथिहरूलाई निमन्त्रण गर्ने कार्य भइरहेको छ ।
कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक बनाउन नेपालबाट कलाकारहरू तृष्णा गुरुङ विथ लाइभ ब्यान्ड, राजबहादुर गुरुङ, आश्रम गुरुङ र कृष्णा गुरुङ आउनेछन् । उनीहरूको भिजा प्रक्रिया अघि बढिसकेको छ ।
उपाध्यक्ष कमल गुरुङले जापान तथा हङकङ पुगेर गुरुङ संघसंस्थालाई निमन्त्रणा पत्र दिइसकेका छन् । उनले जापानमा तमु धीं जापानकी अध्यक्ष हिमानी गुरुङलाई पत्र हस्तान्तरण गरेका थिए ।
तमु धीं यूकेको रजत महोत्सवको तयारी भएको छ । उपाध्यक्ष कमल गुरुङले जापान र हङकङमा गएर निमन्त्रण दिइसकेका छन् ।
कार्यक्रममा नेपालसहित संसारभरका तमु संघ संस्थाहरूलाई निमन्त्रण गरिएको संस्थापक अध्यक्ष तथा सल्लाह सुझाव संयोजक मिन कोने गुरुङले बताए । तमु प्ये ल्हु संघ, तमु धीं नेपाल, तमु छोज् धीं र तमु बौद्ध सदनलाई पनि निमन्त्रणा गरिएको छ ।
यसैगरी, कार्यक्रमलाई भव्य र सव्य बनाउन १०१ सदस्यीय मूल समिति गठन गरिएको छ । कार्यक्रम क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टर HA3 5BD मा हुनेछ ।