लन्डन । मोना यूकेको आठौँ अधिवेशनबाट अध्यक्षमा पदम सुन्दर गर्बुजा निर्वाचित भएका छन् । बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेन्डमा शनिबार भएको अधिवेशनबाट गर्बुजा सर्वसम्मतले अध्यक्ष चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक्षमा विष्णु भण्डारी, महिला उपाध्यक्षमा गंगा रोका निर्वाचित भएका छन् । महासचिवमा मन्दिप जुग्जाली, सचिवमा रबिन्द्र रोका, कोषाध्यक्षमा मनोज पुन, सहकोषाध्यक्षमा नारायण पुन निर्वाचित भएका छन् ।
त्यस्तै मोना युथ क्लबको अध्यक्षमा तारा गर्बुजा, उपाध्यक्षहरूमा क्रमश: अर्जुन पुन र रबिन पुन निर्वाचित भएका छन् । सचिवमा नेत्रमान गर्बुजा र कोषाध्यक्षमा धन पुन (धौलागिरी) निर्वाचित भएका छन् । खेलकुद सचिवमा टेक बुढाथोकी निर्वाचित भएका छन् भने सांस्कृतिक सचिवमा नुनु पिज्जा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा मदन राना, त्रि प्रसाद पुन, गोपाल छन्त्याल, धन पुन (चिमखोला) शिला थापा, उदिमा बुढा, मिन पुर्जा, मिना बुढाथोकी, तक्लाल पुन, मनमाया पुन र गुनदेवी पुन निर्वाचित भएका छन् ।
त्यस्तै धौलागिरी गाउँपालिकाको सचिवमा नन्द रोका, अन्नपूर्ण गाउँपालिकाको सचिवमा तुल्चन्द्र तिलिजा, गाउँपालिकाको सचिवमा खिम पुन, रघुगंगा गाउँपालिकाको सचिवमा अनिल मल्ल निर्वाचित भएका छन् । मंगला गाउँपालिकाको सचिव र बेनी नगरपालिकाको सचिवको स्थान खाली रहेको छ ।
अधिवेशनको पहिलो चरणको कार्यक्रममा आपत्कालीन स्थितिबारे सूचना, आसनग्रहण, राष्ट्रिय धुन, दीप प्रज्वलन, दुई मिनेट मौनधारण गरेपछि वरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तव्य दिएका थिए ।
अध्यक्ष कुमार फगामीले अध्यक्षता गरेको कार्यक्रममा संस्थापक अध्यक्ष दलमान पुन प्रमुख अतिथि रहेका थिए ।
अन्त्यमा अध्यक्ष फगामीले सातौँ कार्यसमितिका सम्पूर्ण सदस्य, संरक्षक, सल्लाहकार, विभागीय सचिव, गाउँ तथा नगर पालिकाका प्रतिनिधि, विधान कमिटी, निर्वाचन कमिटी र उपस्थित सम्पूर्ण महानुभावलाई धन्यवाद दिँदै नवनिर्वाचित अध्यक्ष पदम सुन्दर गर्बुजा र उनको कार्यसमितिलाई बधाई दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष पदम सुन्दर गर्बुजाले आफ्नो घोषणा पत्र प्रस्तुत गर्दै आठौँ कार्यसमितिलाई सफल पार्न उपस्थित सम्पूर्णलाई अनुरोध गरेका छन् ।