Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • मेयर हर्क साम्पाङको यूके भ्रमण : आर्थिक सहयोग संकलन र पर्यटन प्रवर्द्धनको अभियान
मेयर हर्क साम्पाङको यूके भ्रमण : आर्थिक सहयोग संकलन र पर्यटन प्रवर्द्धनको अभियान
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, असोज २७, २०८१
लन्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आसन्न यूके भ्रमणको चर्चा उत्साहित नेपाली र आयोजकहरूबीच व्यापक रूपमा फैलिएको छ। धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्दै, धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन ठूला कदम चालेका छन्।
 
धरानका नागरिकहरूले उनलाई उपमहानगरपालिकाको मेयरमा जिताएदेखि, उनले खानेपानीको अभाव टार्नका लागि असम्भवजस्तो देखिने कोकाहा खोलाको पानी धरानमा ल्याएर जनताको समस्या समाधान गरे। यस कामले उनलाई देश-विदेशमा इमानदार र कर्तव्यनिष्ठ जनसेवकका रूपमा स्थापित गराएको छ। खानेपानी, पार्क निर्माण, र वृक्षारोपणका अभियानमा नेपालीहरूको देश-विदेशबाट सहयोग र सहभागिता निरन्तर रहँदै आएको छ।
 
आफ्नो जीवनमा भ्रष्टाचार नगर्ने अठोट लिएका मेयर साम्पाङले यसपटक यूके भ्रमणको तयारी गरेका छन्, जहाँ उनले सुम्निमा र पारुहाङ मूर्ति निर्माणका लागि आर्थिक सहयोग संकलन गर्नेछन्। धरान समाज यूके यस अभियानको मुख्य आयोजक हो, जसको सहकार्यमा यूकेभर विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। अन्य संघसंस्थाहरूले पनि आर्थिक सहयोगका लागि आफ्नो प्रतिबद्धता देखाइसकेका छन्।
 
यूकेका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायले मेयर साम्पाङलाई आफ्नो कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरेका छन्। मेयर कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएकाले उनीप्रति सबैको समर्थन उत्साहजनक देखिन्छ। सामाजिक सञ्जालमा पनि सक्रिय अभियान चलिरहेको छ, जहाँ आयोजकहरूले प्रचारप्रसार गर्दै सहयोग जुटाइरहेका छन्।
 
सामाजिक सञ्जाल र अन्य माध्यमबाट यूकेमा हुने कार्यक्रमहरूको व्यापक प्रचार भइरहेको छ, र मेयर साम्पाङको आगमनलाई लिएर हिथ्रो विमानस्थलमा नेपाली समुदायको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। यूके भ्रमण १७ अक्टोबरमा सुरु हुनेछ ।
 
मेयर साम्पाङ यूके भ्रमणका क्रममा आर्थिक संकलनमा मात्र केन्द्रित नभएर यूकेका विभिन्न नगरपालिकाका समकक्षी मेयरहरूसँग भेटघाट, बिकाश निर्माणको जानकारी लिने, विभिन्न पार्टीका साम्सदहरु देखि संसद भ्रमण, यूकेका पर्यटकीय स्थानहरु पुग्ने लगायत अन्य गतिविधिहरूमा सहभागी हुनेछन्।
 
मुख्य कार्यक्रमहरूमा १९ अक्टोबरमा फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा रात्रिभोज, २० अक्टोबरमा अल्डर्सट, २५ अक्टोबरमा ह्यारो फुटबल क्लबमा र २७ अक्टोबरमा स्विण्डनमा ३१ अक्टोबरमा चाथाममा कार्यक्रम आयोजना गरिएका छन्। अन्य कार्यक्रमहरू आशफोर्ड, ग्रेज, लन्डन र अन्य शहरहरूमा हुनेछन्। कति कार्यक्रमहरु एकै दिन दुई देखि ३ ठाउँ सम्म रहेका छन।
 
सुम्निमा पारुहाङ मूर्ति निर्माण अभियानका लागि आर्थिक संकलन यसअघि नै सुरु भइसकेको छ र लाखौँ रकम जुटाउने लक्ष्य लिइएको छ। मेयर साम्पाङको प्रत्यक्ष उपस्थिति र सहभागिताले यो अभियानलाई थप उर्जा मिल्ने देखिन्छ। किरात राई यायोक्खा यूकेले पनि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य घोषणा गरिसकेको छ।
 
यो भ्रमण इमान्दार र जनताको सेवामा लाग्ने असली नेताप्रतिको सम्मान र सहयोगको उत्कृष्ट उदाहरण हो। सयौं ठूला नेता, मन्त्री, र व्यक्तिहरू यूके आउँछन् र जान्छन्, तर मेयर हर्क साम्पाङको यूके भ्रमण सबै नेपालीहरूले विशेष महत्वका साथ लिएका छन्, जुन उनको श्रमदान अभियानको सफलतामा जनताको विश्वास र असली नेतामा हुनुपर्ने गुण प्रतिको आशालाई देखाउँछ।
पार्टीको औपचारिक समर्थन नगरेका मेयर साम्पाङ छिट्टै पार्टी गठन गरेर राष्ट्रिय राजनीतिमा आउने विश्वास गरिएको छ।
 
यो भ्रमणले धरानको पर्यटन र विकासका लागि थप सम्भावनाहरू खोल्ने विश्वास लिइएको छ र सबैले मेयर साम्पाङको सफल भ्रमण र अभियानका लागि उत्साहका साथ शुभकामना व्यक्त गरेका छन्।
 
- भूमिराज राई
मेडवे केन्ट यूके 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू] शनिबार, जेठ १०, २०८२
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित 
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित  शनिबार, जेठ १०, २०८२
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा 
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा  शनिबार, जेठ १०, २०८२
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा  शुक्रबार, जेठ ९, २०८२
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत 
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत  शुक्रबार, जेठ ९, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्