Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
विचार/व्लग
  • Home
  • विचार/व्लग
  • घले राजाको इतिहास : रातो, कालो र सेतो टीकाबारे !
घले राजाको इतिहास : रातो, कालो र सेतो टीकाबारे !
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, असोज २७, २०८१
Sanvi jeeler
Maoustail service
घले राजाको इतिहास : रातो, कालों र सेतो टीकाबारे !
बाइसे, तेइसे राज्यको पालामा घले जातिको राजाहरु अहिलेको गण्डक प्रदेशमा अतिशक्तिशाली थिए तर शाहहरुले अन्य जातिको सहयोगबाट (विशेष गरेर गुरुङ जाति र मगर जातिलाई) नेपालको एकीकरण गरी घले जातिले राज्य गरेको ठाउँहरू सबै नष्ट गरे । भाषा, संस्कार, धर्म, रीतिरिवाज र इतिहासजस्ता कुरालाई नष्ट पारी नेपालकै इतिहासमा जित्नेको मात्र इतिहास रचना गरी श्री गणेश गराइयो । लमजुङमा राजा खाँचो परेर शाहको उदय भयो भनेर झुटा कुरा सुनायो र इतिहास लेखन लगाइयो।
 
हालको भारतमा पर्ने चित्तौडका सिसौडिया राजपूत (चन्द्रवंशी) ऋषिराज रानाजीको तेत्तीसौँ पुस्ता कुलमण्डन शाह कास्कीको कास्कीकोटमा राजा भएका थिए । यिनका कान्छा छोरा यसोब्रह्म शाह थिए । लमजुङको घले राजाले माइला छोरा कालु शाहलाई (सिकार खेल्ने निहुँमा) हत्या गरेपछि शाहलाई (बाहुन डाँडाको भिडन्तमा) कास्कीको राजासँग लमजुङ घले राजासँग मित्रता सकियो र पछि विभिन्न जालझेलमा फसाई लड़ाइँ गर्दा घले राजालाई हराएपछि कान्छा छोरा यसोब्रह्मा शाहलाई लमजुङ भोडेओडार माथिको थुम्को तार्कुकोटको राजा बनाइयो र शाह वंशको इतिहास जित्नेको मात्रा लेखियो, हार्नेको कहिले लेखेन । त्यत्तिखेर लमजुङमा घले राजाहरू घेर्मु, तार्कुकोट र जुमडाँडा कोटमा घले जातिको सामरी थर राजा र सिदुरेढुंगा र काउलेपानीमा ग्यालदुड थरका राजाहरु थिए । 
 
यसरी लमजुङमा यसोब्रह्मा शाहको श्री गणेश गरेपछि उसको जेठो छोरा नरहरि शाह तार्कुकोटमा घलेको वंश तोडी गुरुङ जातिलाई राज्यको अभिभारा रजौटाको रूपमा दिइएको देखिन्छ, जहाँ घले जातिलाई मासेपछि बचेकाहरुलाई गुरुङसँग मिसाई लामा, लामिछाने, घले र घोताने बनाई सुब्बा र जंग पद दिई राज्य गरेको पाइन्छ तर अन्य ठाउँमा लागू भएन घले जातिको थर ४ थर नै रह्यो लमजुङबाहेक । यसरी लमजुङमा घले जातिलाई सर्वनाश गरेको पाइएको छ । 
 
नरहरि शाह राजा भएपछि भाइ द्रव्य शाह राजा नहुने भयो । यसको अलावा हात हेर्ने जोखनामा पण्डितले राजा हुने जोग देखेपछि भाइ भारदारहरुसँग मिलेर लिग-लिग कोटमा षड्यन्त्रपूर्ण तरिकाले दगुर्ने निहुँमा घले राजा थान सिंह घलेको हत्या गरी द्रव्य शाह वि.स.१६१६ मा राजा भए । त्यतिखेर द्रव्य शाहसँग गणेश पाण्डे, नारायण अर्याल, गजानन्द भट्टराई (बाबुरामको पुर्खा) गुरुङ जाति र मगर जातिहरूले पनि साथ दिएका थिए । (नोटः  लिग-लिगको वरिपरि बस्ने गुरुङ र मगर जाति जबर्जस्ती गुरुङलाई मगर र मगरलाई गुरुङ बनाएको नमिठो बनाएको कथा देखेकोले उनीहरू गुरुङ भाषा र मगर भाषा बोल्न आउँदैन) लिग-लिग वरिपरि बस्ने घलेहरु र थान सिंह घलेको सारा परिवारलाई नष्ट गरी आफूहरु दौडेर राजा भएको झुटो इतिहास द्रव्य शाहले सुरुवात गरे । 
 
द्रव्य शाहले लिग-लिग कोटमा वि.स. १६१६ देखि १६२७ सम्म राज्य गरे । पुरन्दर शाह, छत्र शाह हुँदै राम शाह वि.स १६६३ सालमा लिग- लिगको राजा भएपछि राज्य विस्तार क्रममा बि.स. १६६६ मा पोखरीथोक वा गोरखा माथिल्लोकोट, माझकोट र तल्लोकोट क्रमश: घले राजा र खड्का राजालाई जालमा पारी राज्य कब्जा गर्दै राजगद्दी लिग- लिगबाट गोरखा सारेका थिए । राजा रामशाह शक्तिशाली हुँदै गएपछि घले जातिले राज्य गरेको थुम -थुमको कोटहरु क्रमशः सिरानचोक, सूलीकोट, ताकुकोट, आदि ठाउँहरू कब्जा गरे । राम शाहले देशकाल सुहाउँदो स्थितिहरू चालेकाले झन् झन् जनताको प्यारो हुँदै गयो । 
 
गोरखाको उत्तरी भेगमा भने, चङ्खे (चाङ्गे) सुर्तान घलेको शासनपछि अन्तिम राजा अमर घलेले बारपाकदेखि भोटखोलासम्म आफ्नो नियन्त्रणमा हिमाली राज्य चलाएको थियो । राम शाहले हिमाली राज्य कब्जा गर्नको लागि विभिन्न षड्यन्त्र बनाई मेलमिलापको नीति लिए । उतिखेर भोटखोलाबाट आउने नुन घले राजाकै कब्जामा थियो । यही नुनको बहाना पारी तनहुँबाट घले राजालाईं हात्ती दिने र बारपाकबाट नुन आयात गर्नको लागि दरौंदी नदीको छेउमा पर्ने एउटासम्म ठाउँ निभेल बगर जहाँ बालुवा थियो । त्यही ठाउँमा बिनाहतियार मितेरी साइनो राख्न एउटा भोजको आयोजना गरियो । दुवै पक्षबाट सहभागी भएर घले राजाको फौजलाई सम्मानको साथ चरेसको बटुकामा तिन पाने कोदोको रक्सी दियो भने शाहहरु पक्षका फौजलाई सानो सानो प्वाल परेको टपरीमा रक्सी हाली दिँदा तपरीको रक्सी चुहेर बालुवामा गयो र रक्सी लागेन । 
 
चतुर शाहहरुले भोज हुनु पहिले नै हातहतियार बालुवा मुनि लुकाएर राखेका थिए र रक्सीको माद लागेका मौका पारी पापी शाह फौजहरुले घले फौजमाथि आक्रमण गरी आमसंहार गरेको दुःखद् इतिहास छ । राजासमेत कतिपय फौज भाग्न सुरु गरे र बालुवा भन्ने ठाउँमा अर्को महाभारत सुरु भयो । कयौं घले राजाका फौजहरु दुनियाँबाट बिदा भए भने राजा अमर घले भाग्दा भाग्दै बालुवा भन्ने ठाउँबाट अहिलेको बारपाकको भूकम्प केन्द्र मान्द्रे गाउँको मुनि उकालोमा दुइटा ठूलो हात ढुङ्गा (भित्ता) मा पहरा राख्दा राख्दैको अवस्थामा भेटी उहाँलाई पनि त्यही सदाको लागि बिदाइ गरी छाडे । 
 
अन्त्यमा बारपाकदेखि भोटखोलासम्मका हिमाली राज्य पनि शाहहरुले आफ्नो कब्जामा राखे र बाँचेका केही घलेहरुलाई बारपाकमा मुखिया र दोहोर्या पद दिएर दशैंको बेला हिन्दूकरण गर्ने एक जना पण्डित खटाएर राजकाज चलाउँदै आए । यसरी राम शाहले घले राज्यहरू कब्जा गरिसकेपछि घलेहरुको इतिहास कुनै कतै लेखिएन । घलेहरुको बलिदान र पुर्खाको रगत बगेको निभेल शिखर बास खोलाबाट बगेको पानी र धाराको पानी घले राजाको डाँङगे (बार लि:ल थरले) अहिलेसम्म पनि पिउँदैनन् !!! आजको दिन कालो दिन वा कालों टीका कि त सेतो टीका लगाएर घलेको पितृ पूजा गरौं ?
 
उत्तर तपाईंहरुको प्रतिक्षामा हजुर,
श्युब-ख़यंग सबै मित्रहरुलाई
 
धन घले
बेलायत
(यो लेखकको निजी विचार हो, यसमा आउने क्रियाप्रतिक्रियामा सम्पादकमण्डल जिम्मेवार हुने छैन ।)

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप विचार/व्लग
धुर्मुस–सुन्तलीलाई अन्याय भयो । अन्याय को कोबाट भयो त ?
धुर्मुस–सुन्तलीलाई अन्याय भयो । अन्याय को कोबाट भयो त ? मंगलबार, मंसिर १६, २०८२
आँटम बजेट २०२५ , कर विशेषज्ञको विश्लेषण
आँटम बजेट २०२५ , कर विशेषज्ञको विश्लेषण बिहीबार, मंसिर ११, २०८२
डम्फु : तामाङ संस्कृतिको मौलिक बाजा
डम्फु : तामाङ संस्कृतिको मौलिक बाजा शुक्रबार, कात्तिक ७, २०८२
विचार : नेपालमा नयाँ पुस्ताको नेतृत्व माग
विचार : नेपालमा नयाँ पुस्ताको नेतृत्व माग शुक्रबार, असोज ३, २०८२
बाबाको फिलिप्स रेडियो र स्वरसम्राट नारायण गोपाल
बाबाको फिलिप्स रेडियो र स्वरसम्राट नारायण गोपाल बिहीबार, साउन २९, २०८२
पुनर्जन्म, आत्मा र परमात्माको विश्लेषण
पुनर्जन्म, आत्मा र परमात्माको विश्लेषण शनिबार, साउन ३, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्