सबैमा मित्रता र बन्धुत्वको सद्भाव उर्लि रहून्
असत्यमाथि सत्यको सदैव विजय भई रहून्
शक्तिकी देवी सिद्धिदात्री दुर्गालाई नमन गरेँ
वडा दशैँको यो विश्वास र मान्यता रहि रहून् ।
संसार नै अँध्यारो भयो आँधी तुफान चल्यो
गरीबको घर द्वार टीनको छाना समेत ढल्यो
अति वर्षाले बाढी पहिरो गएर जलमग्न हुँदा
असहनीय जनता देखी सबको हृदय जल्यो ।
भूगोलमाथि मानवबाटै खेलवाड भएपछि
कृतिम गतिविधि जताततै अति नै भएपछि
भयो अनावृष्टि, अति वृष्टि, बाढी र पहिरो
मानवले प्रकृतिको सन्तुलन खल्बलाएपछि ।
माया गुरुङ सिरुबारी पञ्चमूल
हाल वेलायत, वेलिङ