लन्डन । नेपालको विपद्मा राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आग्रह गरेको छ ।
असोज १२ गते एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष डा. हेम राज शर्माले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहेका गैरआवासीय नेपालीमा अपिल गरेका हुन् ।
‘अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौँ ।’
बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन संघले नेपाल सरकारसँग अनुरोधसमेत गरेको छ । ‘अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपालमा गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका छन् ।
संघले आर्थिक सहयोग निम्न खाता नम्बरमा उपलब्ध गराइदिनु आग्रह गरेको छ ।
NRNA Emergency Fund
Bank: Sanima Bank Limited Naxal
A\C: 024010010000633
Swift Code for Sanima Bank: SNMANPKA