Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमु समाज यूकेले मनायो १७औँ वर्षगाँठ, ३ सदस्य सम्मानित
तमु समाज यूकेले मनायो १७औँ वर्षगाँठ, ३ सदस्य सम्मानित
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असोज १४, २०८१

लन्डन । तमु समाज युकेले संस्था स्थापना भएको १७ वर्ष पुगेको उपलक्ष्यमा वर्षगाँठ २८ सेप्टेम्बरमा मनाएको छ । लन्डनको विम्बलीस्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा तामझामबिना पारिवारिक वातावरणमा वार्षिकोत्सव मनाएको हो । कार्यक्रम बेलुका ६ बजे सुरु भएर राति ११ बजे समापन भएको थियो । 

औपचारिक कार्यक्रम शुभारम्भ हुनु पूर्व सहभागीले रारा क्याटरिङद्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिएका थिए । त्यसपश्चात् बाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव सुब घलेले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

461546318_1579498612968563_9034314224653411248_n-1727713825.jpg
समाजका अध्यक्ष बिन्दुकुमारी  गुरुङ घलेको सभापतित्वमा भएको कार्यक्रममा दि मेयर अफ रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट प्रमुख अतिथि थिए । 

समाजका सल्लाहकार काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ  उनकी धर्मपत्नी जयन्ती गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उनकी धर्मपत्नी तथा उपाध्यक्ष मिरा गुरुङ, उपाध्यक्षहरू भीमबहादुर गुरुङ, केदार गुरुङ आमा समूहकी अध्यक्ष विमला गुरुङ, गोर्खा जिल्ला तमु समाज यूकेका अध्यक्ष तथा तमु समाज यूकेका पूर्व कार्यसमिति सदस्य टेकमान गुरुङका साथै उनकी धर्मपत्नी चीनू गुरुङ, तमु प्येल्हु सङघ यूकेका पूर्वअध्यक्ष सोम गुरुङ उनकी धर्मपत्नी बबित गुरुङलाई आसन ग्रहण गराइएको थियो । 

461542103_1242191920438095_7194185133715807230_n-1727713868.jpg
यसैगरी, सल्लाहकार तथा तमु धीं यूकेका पूर्वअध्यक्ष सुव सिङ गुरुङ बीईएम, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक अध्यक्ष ले.रि. थमप्रसाद गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार रेणुमाया गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार Retd-Lt पञ्चबहादुर गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाकार सुश्री बिजु गुरुङ ज्यु, पूर्व कोषाध्यक्ष तथा सल्लाहकार उदय गुरुङ ज्यु, पूर्व उपाध्यक्ष तथा सल्लाहकार हर्क गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार कन्यप्रसाद गुरुङ, सल्लाहकार अन्य सल्लाहकारलाई पनि आसनग्रहण गराइएको थियो । 

अध्यक्ष बिन्दु कुमारी गुरुङ, प्रमुख अतिथि रानाभाट, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ र युवा समूहका प्रजुल गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।  

461523769_2894735964025574_3036376891782691340_n-1727713894.jpg
नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष भीम  गुरुङले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धि समेट्दै स्वागत मन्तव्य राखे । तमु समाज यूकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक ले.रि थमप्रसाद गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तमु समाज यूकेले समाजका सदस्यहरूले अन्य संस्थामा नेतृत्वकर्ताको गरिमामय पदभार सम्हालिरहेकोमा त्यसको प्रशंसा गर्दै सम्मान गरे । सम्मानित हुनेहरूमा गोरखा जिल्ला तमु समाज यूकेको अध्यक्ष टेकमान गुरुङ  थिए । तमु समाज यूकेको अध्यक्ष बिन्दु कुमारी  गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए ।

461548611_8720944317971366_1696878286273181759_n-1727713929.jpg
समाजलाई पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै तीन जना सदस्यलाई ‘उत्कृष्ट समाजसेवा सम्मान २०२४’ ले सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा भद्र कुमारी गुरुङ, बिजयता गुरुङ र लक्ष्मी गुरुङ रहेका छन् । अध्यक्ष बिन्दु घले, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए ।

अन्य संघसंस्थाबाट तमु प्येल्हु सङघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ र उनकी धर्मपत्नी बबिता गुरुङलाई अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले बिशिष्ट सम्मानपत्र, खादा, फेटा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए ।

रारा क्याटरिङको स्वादिष्ट भोजनको आनन्द लिँदै अध्यक्ष , प्रमुख अतिथि, काउन्सिलर कमल  गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष भीमबहादुर गुरुङ उपाध्यक्ष मिरा गुरुङ, पूर्व अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ महासचिव सुब घले आदिले संयुक्त रूपमा केक काट्ने र स्याम्पेन फोरेर खुसीयाली मनाएका थिए । 

460030830_1594502031139679_4467109726712246070_n-1727713959.jpg
महासचिव सुब घलेले समाज घरको आर्थिक सहयोगका लागी दान दिने चन्दादाताको नाम सुनाएका थिए । पूर्व उपाध्यक्ष तथा सल्लाहकार Retd-Lt पञ्चबहादुर गुरुङ तथा पूर्व उपाध्यक्ष तथा सल्लाहकार रेणुमाया  गुरुङले १००० पाउन्ड, तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ तथा श्रीमती बबिता गुरुङले ११११ पाउन्ड र गोर्खा जिल्ला तमु समाज यूकेका अध्यक्ष तथा तमु समाज यूकेका पूर्व कार्यसमिति सदस्य टेकमान गुरुङ तथा उनकी धर्मपत्नी चीनू गुरुङले १००५ पाउन्ड सहयोग गरेको विवरण सुनाएका थिए । उनीहरूलगायत सबै चन्दादातालाई धन्यवाद दिएका थिए । 

प्रमुख अतिथि र अध्यक्षले धन्यवाद मन्तव्य राखेपछि कार्यक्रम समापन भएको थियो । कार्यक्रममा समाजका युवा समूहबाट नृत्यांगना सुमिना गुरुङ र शुमी गुरुङले भरपुर मनोरञ्जन दिलाएका थिए । डिजे युवा सदस्य प्रज्वलमान गुरुङको साउन्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेर भरपुर मनोरञ्जन लिँदै कार्यक्रम सकिएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू] शनिबार, जेठ १०, २०८२
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित 
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित  शनिबार, जेठ १०, २०८२
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा 
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा  शनिबार, जेठ १०, २०८२
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा  शुक्रबार, जेठ ९, २०८२
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत 
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत  शुक्रबार, जेठ ९, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्