Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • किरात राई यायोक्खा बेलायतको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न
किरात राई यायोक्खा बेलायतको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, असोज ९, २०८१

लन्डन । किरात राई यायोक्खा बेलायतको आयोजनामा २१ सेप्टेम्बर २०२४ को दिन नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी ऐतिहासिक निकास दिएको छ । 

महाधिवेशनले अध्यक्ष मण्डलीय आधारमा त्रय नेतृत्व आशा राई (पहिलो सत्र १ वर्षको लागि), मेजर रि. दिलकुमार राई (दोश्रो सत्र १ वर्षको लागि) र मेजर रि. श्री भुपजित राई (तेश्रो या अन्तिम सत्र १ वर्षको); जम्मा ३ वर्षको कार्यकालको लागि निर्वाचित गरेको छ।  

received_389979147485437-1727265034.jpeg
 
महाधिवेशनको तयारी पटक पटकको आन्तरिक, बाह्य  र सर्व पक्षीय राय, सरसल्लाह र शुभेच्छालाई मध्यनजर राखि सशक्त ढंगले पूर्ण तयारी गरिएको थियो। महाधिवेशनको आयोजक किरात राई यायोक्खा बेलायत आफैले गरेको थियो भने यसको नेतृत्व अध्यक्षद्वय मेजर योगेश कोयी राई र चन्द्रबहादुर राईले गरेका थिए । 
 
महाधिवेशनमा १६ वटा प्रारम्भिक कार्यसमिति (क्षेत्रिय संगठनहरु), १४ भाषिक थरिय संगठनहरु, किरात राई यायोक्खा नेपालका प्रतिनिधिहरु, पर्यवेक्षकहरू र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति थियो। किरात राई यायोक्खा बेलायतको विधानअनुसार कुल सदस्य संख्याको २०% प्रतिनिधिहरुमात्रै अधिवेशनमा भाग लिने प्रावधानअनुरुप लगभग दुई हजार प्रतिनिधिहरुको उपस्थिति थियो। 
 
कार्यक्रमको खुल्ला सत्र ११:३० सुरु भएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्षद्वय मेजर योगेश कोयी राई र चन्द्रबहादुर राईले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि दोस्रो संविधानसभा सदस्य नेपालका सभासद तारा राई, विशिष्ट अतिथि रत्न राई, किरात राई यायोक्खा नेपालका पूर्वअध्यक्षद्वय डा. सुमाया राई र यसोदा राई, प्रदेश नम्बर १ खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रबी प्रकाश राई, किरात राई यायोक्खा नेपालका उपमहासचिव हेमन्त कुमार राई, किरात राई यायोक्खा बेलायतका पूर्वअध्यक्षहरु, विशिष्ट संरक्षक सदस्यहरुको उपस्थिति रहेको थियो। 
received_510642884903061-1727265054.jpeg
 
दुवै कार्यसमितिका उपाध्यक्षहरूको स्वागत मन्तव्यपछि दीप प्रज्वलन र राष्ट्रिय गानका साथ महाधिवेशन उद्घाटन गरिएको थियो। त्यसलगत्तै पितृहरू र दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा अध्यक्षद्वयलाई फेटा गुठाई सिर उभाईएको थियो भने सम्पूर्ण आगन्तुक अतिथिहरुलाई किराति खादा ओढाई स्वागत सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालनद्वय महासचिवहरू ईश्वर चाम्लिङ र चन्द्रावती राई राईले संयुक्त रुपमा गरेका थिए ।
 
महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण प्रतिनिधिहरु, पर्यवेक्षकहरू, निर्वाचन मण्डल र अध्यक्ष मण्डलको सुरक्षालाई ध्यानमा राखि किरात राई यायोक्खा बेलायतले ४ वटा सिसीटिभी र ५ जना सुरक्षा अधिकृतहरु खटाई कार्यक्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो। मदिरा निषेध गरिएको कार्यक्रममा, मदिरा सेवन गरी सहभागी भएमा, झैं झगडा वा होहल्ला गर्दै कार्यक्रम विथोल्ने प्रयास गरे बाहिर निकालिने चेतावनी पनि दिइएको थियो ।
 
महाधिवेशन आयोजक समितिले निर्धारण गरेको कार्यक्रमअनुसार विभिन्न वक्ताहरूले महाधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरे । खुल्ला सत्रको अन्त्यमा प्रमुख अतिथिको शुभकामना मन्तव्यपश्चात् कार्यक्रम बन्द सत्रमा प्रवेश भएको थियो । 
 
बन्द सत्रमा किरात राई यायोक्खा बेलायतको वार्षिक मुखपत्र सुम्निमा पारुहाङ, सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । विधान सम्सोधन समितिले आन्तरिक समझदारी Memorendum  of  understanding (MoU) मा गरिएका विषयहरु प्रस्तुत गरी विधान संशोधन पारित गरेका थिए । 
 
बन्द सत्रको अन्त्यमा अध्यक्षद्वयले अध्यक्ष मण्डललाई बाँकी चुनावी कार्यक्रमलाई अगाडि बढाउन अध्यक्ष मण्डलका अध्यक्ष पदम राई र डा. प्रमोद कोयीलाई हस्तान्तरण गर्दै आफ्नो मातहतका कार्यसमितिलाई भंग गरेका थिए । लगभग ४ घण्टाको घनिभूत छलफल र सर्वपक्षीय रायपश्चात् संस्था अर्को चुनावी दुर्घटनाबाट बच्न सफल भएको जानकारी दिँदै किरात राई यायोक्खा बेलायतको नवौं विशेष एकता महाधिवेशन अधिकतम रुपमा सफल भएको जानकारी निवर्तमान अध्यक्ष मेजर योगेश कोयी राईले बताए । उनले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू] शनिबार, जेठ १०, २०८२
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित 
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित  शनिबार, जेठ १०, २०८२
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा 
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा  शनिबार, जेठ १०, २०८२
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा  शुक्रबार, जेठ ९, २०८२
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत 
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत  शुक्रबार, जेठ ९, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्