Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • किरात राई यायोक्खा यूकेको एकता महाधिवेशन सम्पन्न : तीन अध्यक्ष चयन
किरात राई यायोक्खा यूकेको एकता महाधिवेशन सम्पन्न : तीन अध्यक्ष चयन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, असोज ६, २०८१
लन्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ। 
 
यही २१ सेप्टेम्बर २०२४ मा भएको महाधिवेशनले तीन अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष र १० उपाध्यक्षलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्षहरू : आशा राई, दिलकुमार राई, भूपजित राई, वरिष्ठ उपाध्यक्षहरू : प्रेमकुमार राई, सुमनचन्द्र राई, प्रसादकुमार राई, उपाध्यक्षहरू : विनोदकुमार राई, युगराज राई, ईश्वर चाम्लिङ, शान्ताकला राई, अंकिता राई, भाग्यवती राई, शंकर राई, प्रमिला लाबुङ राई, निलम राई, चन्द्रावती राई, महासचिवहरू : रामजङ (राजेन) राई, गंगाराज राई, कोषाध्यक्षहरू: दिलकुमार राई, डा. महा राई र सहकोषाध्यक्षहरूमा सबित्रा राई, सन्देश राहुल राई चयन भएका छन् । 
received_534213822355701-1726983215.jpeg
 
महाधिवेशनले दुई विगतका विभाजित समूहलाई पुनः एक बनाउँदै नवौं कार्यसमिति गठन गरेको थियो । तटस्थ बौद्धिक समूहको दबाबपछि दुई पक्षले मिलेर महाधिवेशन सफल बनाएका हुन् । यो दिनले यूकेस्थित किरात राई समुदायलाई एकताको नयाँ सन्देश दिएको छ।
 
कार्यक्रमको सुरुवात ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा खुल्ला र बन्द सत्रको रूपमा गरियो । १६ प्रारम्भिक समितिका प्रतिनिधिहरू र अन्य सदस्यहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गरिएको थियो । निर्वाचन समितिको निर्णय अनुसार, दुवै कार्यसमितिबीच संयुक्त कार्यक्रम सम्पन्न गरिएको थियो।
received_1842460012830187-1726983248.jpeg
दुवै कार्यसमितिको छलफलपछि, महासचिवहरूले संयुक्त रूपमा महासचिवहरु चन्द्रावती राई र ईश्वर चाम्लिङ राईले कार्यक्रम सञ्चालन गरेका थिए । स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारीपछि, योगेश राई र चन्द्रबहादुर राईलाई कार्यक्रमको अध्यक्षता गर्ने जिम्मेवारी दिइयो । 
 
प्रमुख अतिथि तारा राई, विशिष्ट अतिथि रत्न राई, किराया नेपालका पूर्वअध्यक्षहरु, किराया युकेका पूर्वअध्यक्षहरु, भाषिक र प्राकास अध्यक्षहरु विशिष्ट संरक्षक सदस्यहरु र अन्य आमन्त्रित अतिथिहरूलाई सम्मानपूर्वक फेटा गुथेर स्वागत गरिएको थियो । कार्यक्रममा साकेला गाउँपालिकाका अध्यक्ष रबीप्रकाश राई पनि सहभागी थिए ।
received_439062282520320-1726983289.jpeg
 
दुवै कार्यसमितिका उपाध्यक्षहरूको स्वागत मन्तव्यपछि दीप प्रज्वलन र राष्ट्रिय गानका साथ महाधिवेशन उद्घाटन गरिएको थियो । त्यसलगत्तै पितृहरू र दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो । महाधिवेशन आयोजक समितिले निर्धारण गरेको कार्यक्रमअनुसार विभिन्न वक्ताहरूले महाधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरे।
 
कार्यक्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो । सीसीटीभी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको व्यवस्था थियो । मदिरा निषेध गरिएको कार्यक्रममा, मदिरा सेवन गरी सहभागी भएमा, झैं झगडा वा होहल्ला गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरे बाहिर निकालिने चेतावनी पनि दिइएको थियो।
received_1447736069962393-1726983317.jpeg
पाँच वर्षको विभाजनपछि दुवै पक्षले एकता नै अगाडि बढ्ने एकमात्र विकल्प रहेको निष्कर्षमा पुगेकाले हदै सम्मको लचकता अपनाएर कार्यक्रममा सहभागिता जनाएको स्पष्ट देख्न सकिन्थ्यो । उम्मेदवारहरु र उपस्थित प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरु बुद्धिजीवी र निर्वाचन समितिको रोहबरमा भएको सहमतिअनुसार, तीन अध्यक्षले एक-एक वर्षको कार्यकाल सम्हाल्नेछन्, भने अन्य पदाधिकारीहरू उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित समायोजन गरिएका छन् ।
नयाँ नेतृत्वले किरात संस्कृति, भाषा र भेषभूषाको संरक्षण गर्दै समुदायलाई एकताबद्ध गर्ने जिम्मेवारी सम्हाल्नेछ । यो एकता महाधिवेशनले विगतका मनमुटावलाई अन्त्य गर्दै किरात समुदायलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ ।
 
कार्यक्रममा बधाई र शुभकामनासहित नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएपछि, उपस्थित किरात राईहरूले बधाई दिए । विभिन्न वक्ताहरूले नवौं एकता विशेष महाधिवेशनले दिएको म्यान्डेट इमान्दारपूर्वक पूरा गर्ने चुनौतीलाई आत्मसात् गर्नुपर्ने जिम्मेवारीको बोध गराए ।
received_1058628852293205-1726983375.jpeg
 
नयाँ कार्यसमितिले किरात राई समुदायलाई एकताबद्ध गर्दै, नयाँ नेतृत्व विकास गर्ने, किरात संस्कार, संस्कृति, भाषा र भेषभूषाको संरक्षण गर्ने जिम्मेवारी पाएको छ । यसले किरात माङ्खिमको व्यवस्थापन गर्दै समुदायलाई अघि बढाउने चुनौती पनि सामना गर्नुपर्नेछ। यूकेको बहुसांस्कृतिक समाजमा किरात संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि सबै राईहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।
 
विभाजन र मनमुटावका वर्षौंले पुर्‍याएको क्षतिलाई अब सम्बोधन गरेर सुधार गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । 
 
-भूमिराज राई
ba7736c7-d5fe-4225-99aa-cb7a0c8fbe32-1726986364.jpeg
9611dc2b-26c6-4432-975e-624715d4cc84-1726986380.jpeg
0db8a3d4-5879-4703-b93d-d1152b7e304d-1726986403.jpeg
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू] शनिबार, जेठ १०, २०८२
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित 
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित  शनिबार, जेठ १०, २०८२
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा 
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा  शनिबार, जेठ १०, २०८२
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा  शुक्रबार, जेठ ९, २०८२
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत 
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत  शुक्रबार, जेठ ९, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्