लन्डन । नेपाल पत्रकार महासंघ युकेको टोली नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालको बिदाइका लागि दूतावासमै पुगेको छ ।
महासंघ यूकेकी अध्यक्ष विमला सेने नेतृत्वको टोलीले लन्डनस्थित नेपाली दूतावास एक समारवह आयोजना गरेर खनाल र नेपाललाई बिदाइ गरेको हो । खनाल र नेपाल चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कँदै छन् । उक्त अवसरमा महासंघले दूतावास आउनुभएका तृतीय सचिव झुपलाल पुनमगरलाई स्वागत, सम्मान समेत गरेको थियो ।
कार्यक्रममा धारणा राख्दै अध्यक्ष सेनेले नेपाल फर्किन लाग्नुभएका कूटनीतिज्ञहरुको भावी करिअर अझ प्रगति होस् भन्ने शुभकामना दिएकी थिइन् । दूतावास कूटनीतिज्ञहरुबाट महासंघले समाचार, सूचना संकलन, सम्प्रेषण तथा संस्थाका अन्य हरेक समारोहमा सहभागिता जनाई पूर्णसाथ पाएकै उल्लेख गर्दै आभार व्यक्त गरेकी थिइन् ।
कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुको बिदाइ र बेलायत कार्यकालमा पत्रकारहरुले पूर्णसाथ दिएकामा आभार व्यक्त गरे ।
बिदाइ कार्यक्रमका लागि शाखा अध्यक्ष सेने, उपाध्यक्ष शिव भण्डारी, पत्रकार महासंघ युकेका केन्द्रीय प्रतिनिधि तथा एभरेस्ट टाइम्सका सम्पादक दुत पुन, प्रबन्ध निर्देशक तथा पत्रकार महासंघ यूकेका सदस्य नगेन्द्र नेम्बाङ, अन्य सदस्यहरु गोमा राना, वाचस्पति रेग्मीलगायत दूतावास पुगेका थिए ।